‘घतान–पूला समाज अष्ट्रेलिया’ गठन

सिड्नी–अध्ययन र रोजगारको सिलसिलामा अष्ट्रेलियामा रहेका घतान र पूलाचौरका म्याग्देलीले ‘घतान–पूला समाज अष्ट्रेलिया’ गठन गरेका छन् । जनवरी २७ मा एक भेटघाट कार्यक्रमको आयोजना गर्दै बेनी नगरपालिका अन्र्तगत पर्ने दुई वडाबासीले प्रवासमा आईपर्ने समस्या समाधानमा सामुहिक प्रयास, गाउँघरमा सामाजिक गतिविधिीमा सहभागिता जनाउन निर्मल बानियाँका अध्यक्षतामा १५ सदस्यीय मुल समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा अर्जुन भण्डारि (हरि), सचिवमा योगेन कार्की(योगेन्द्र), सहसचिवमा दिपुसा केसी, कोषाध्यक्षमा सपना बानियाँ राई, सह–कोषाघ्यक्षमा अनिस केसी रहेका छन् ।
सदस्यहरुमा बिशाल बानियाँ, बाबुराम शर्मा, पुस्कर केसी, सागर कार्की, अशोक श्रेष्ठ, प्रकास कार्की, शिव खड्का, प्रेम खड्का (भरत) र दिनेश सुबेदी रहेका छन् । ‘हामीले तत्काल संस्थाका लागि आवश्यक पर्ने कोष निर्माण गर्ने योजना बनाएका छौँ । त्यसका साथै, नेपालबाट आउने यी दुई वडाबासीका अतिरिक्त अन्यहरुलाई पनि सक्दो सहयोग गर्दै जानेछौँ’, सचिब योगन्द्र कार्कीले भने, ‘हामी सबै संघसंस्थाहरुसँग सहकार्य गरेर गाउँ र जिल्लाको विकासमा योगदान गर्न चाहान्छौँ ।’ अष्टे«लियामा मोना अष्टे«लियाका अतिरिक्त अन्य सामाजिक संघसंस्थाहरु पनि क्रियाशील छन् । उनीहरुले विभिन्न किमिसका सामाजिक अभियान मार्फत गाउँ र क्षेत्रको विकासमा रचनात्मक सघाउ पु¥याउँदै आएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...