इतिहास रचेकाे नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

काठमाडाैं – युएई विरुद्ध ऐतिहासिक एकदिवसीय र टी-२० श्रृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। नेपाली टोलीको स्वागतमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत थुप्रै खेल पदाधिकारी र सयौंको संख्यामा खेलप्रेमिहरुको उपस्थिती रहेको थियो। नेपाली टोलीको स्वागतार्थ रातो कार्पेट समेत विछ्याइएको थियो।
राखेपले प्रत्येक क्रिकेट खेलाडीलाई नगद पाँच लाख दिन सिफारिस गरेको छ। नेपाली खेलाडीले दिलाएको सफलताको सम्मान स्वरुप उनीहरुलाई जनही ५ लाख दिन मन्त्रालयमा सिफारिस गरिएको सदस्य सचिव विष्टले बताए। यस्तै राष्ट्रिय सभाका अध्यक्षले समेत क्रिकेट खेलाडीलाई जनही १० हजार प्रदान गरे। उनले खेलाडीको हौसला थप बढाउन उक्त रकम प्रदान गरेको बताए।
यसैबीच नेपालले प्राप्त गरेको सफलता सम्पूर्ण खेलाडीको सामूहिक प्रयासमा प्राप्त भएको नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन्। युवा खेलाडीले राम्राे प्रदर्शन गरेकाे बताउँदै उनले अागामी दिनमा अझै राम्राे खेल्नु पर्ने बताए।विमानस्थलमा सञ्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले धुर्मुस सुन्तलीले घोषणा गरेको अन्तर्राष्ट्रिय रंगशाला बन्नु खुसीको कुरा भएको बताए।
यस्तै प्रशिक्षक जगत टमाटाले नेपाली टोलीको सफलताले आफुलाई खुसी बनाएको प्रतिक्रिया दिए। उनले अब ट्वान्टी ट्वान्टी विश्वकपकालागि समेत तयारी सुरु गर्ने बताए। विश्वकप मुख्य चुनौति भएको बताउँदै उनले खेलाडीले राम्रो खेलेपनि केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले केही कुरामा सहयोग गरे ट्वान्टी ट्वान्टी विश्वकपका लागि समेत छनौट हुने बताए।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...