भारतमाथि नेपालको ऐतिहासिक जीत

काठमाडौं – सावित्रा भण्डारीको दुई गोलप्रेरित नेपालले भारतमा जारी हिरो गोल्डकप फुटबलमा घरेलु टोलीमाथि २–१ को ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
भारतको उडिसास्थित कलिङ्ग रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपाली महिला फुटबल टोलीले भारतविरुद्ध पहिलो पटक ऐतिहासिक जित निकाल्दै हिरो कपमा पुग्ने सम्भावना कायमै राखेको हो ।
साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले दुई खेलमा ३ अंक बटुलेको छ। फिफा वरीयतामा आफूभन्दा ४६औं स्थान माथि रहेको भारतविरुद्धको जितसँगै नेपालले राउन्ड रोबिनका आधारमा सञ्चालन भएको प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेको हो। प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान छन् ।
म्यानमारसँग पहिलो खेलमा भने नेपाल ३–० ले स्तब्ध भएको थियो । भारतले भने पहिलो खेलमा इरानमाथि १–० को जित रचेको थियो । म्यानमारले आइतबार इरानविरुद्ध २–० को जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । फाइनल पुग्ने आशा जीवित राख्न जित दर्ता गर्नुपर्ने दबाबमा रहेको नेपाली टोलीले खेलको सुरुआती ७ मिनेटमै गोल गर्दै भारतमाथि ऐतिहासिक जित निकाल्ने संकेत गरेको थियो ।
नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको इतिहास थिएन । भारतविरुद्ध पछिल्लो भेटमा नेपालले बराबरी खेलेको थियो । गत नोभेम्बरको ओलम्पिक छनोटमा नेपालले अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा १–१ को बराबरीमा रोकिएको थियो। तर, यस पटक भने सुरुआती ७ मिनेटमा बनाएको दुई गोलको अग्रता नेपालले जोगायो । पाँचौं मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई दमदार अग्रता दिलाइन् ।
हीराकुमारी भुजेलले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै सावित्राले गरेको उत्कृष्ट प्रहार भारतीय गोलकिपर अदिति चौहानले रोक्न सकिनन् । त्यसको दुई मिनेटपछि नै सावित्राले भारतकी गोलकिपर अदितिले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरिन् । सातौं मिनेटमा नेपालकी मनमाया लिम्बुले पेनाल्टीक्षेत्रको दायाँ भागबाट दिएको बल प्रहार अदितिले दुई घुँडाबाट फुत्काएपछि सावित्राले जाली चुमाइन् ।
त्यसपछि २७औं मिनेटमा भारतकी दिलिमा चिब्बेरले पाएको अवसरलाई सदुपयोग गर्न सकिनन् । उनको प्रहार क्रसबार माथिबाट बाहिरएपछि पहिलो हाफमा नेपाल २–० ले अगाडि रह्यो । दोस्रो हाफको सुरुआतदेखि नै भारतले गोल फर्काउन संघर्ष गरे पनि नेपालको रक्षापंक्तिलाई तोड्न सकेन । ६६औं मिनेटमा भारतका फरवार्डले अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
तर, ८२औं मिनेटमा रतनबालाले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेपछि भारतले खेलमा फर्कने संकेत गरेको थियो। यद्यपि, त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेन। नेपालको रक्षापंक्तिसामु घुँडा टेक्दै भारत नेपाललाई २–१ को नतिजा सुम्पिन बाध्य भयो।
त्यो जितसँगै साफको तयारीमा रहेको नेपालले उत्कृष्ट दाबेदारी प्रस्तुत गरेको छ। नेपाली टोलीका प्रशिक्षक हरि खड्काले यस प्रतियोगिताअघि भारतसँगको खेलमा नै साफ च्याम्पियनसिपको वास्तविक तयारी देखिने बताएअनुसार नै नतिजा निकालेका छन्। नेपालले फागुन १ गते इरानसँग खेल्नेछ।
नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको इतिहास थिएन। भारतविरुद्ध पछिल्लो भेटमा नेपालले बराबरी खेलेको थियो।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...