नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव प्रारम्भ

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सोमबार काठमाडौंमा प्रारम्भ भएको छ । सात दिन लामो महोत्सवको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयो ।
काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षदेखि नाट्य विधा उत्थानका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमले भन्नुभयो, ’नाट्य क्षेत्र विकासका लागि यो सरकारको तर्फबाट सहयोग हुनेछ। हामीले आन्तरिक तबरमा पनि केही विचार विमर्श सुरु गरिसकेका छौं ।’ उहाँले कला, साहित्य र संस्कृतिको विकास बिना देशको विकास हुन नसक्ने बताउँदै रङ्गकर्म र कलाकारिताको निरन्तरताका लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।
नाट्य महोत्सवका निर्देशक नाट्यकर्मी राजन खतिवडाले कार्यक्रम आयोजना एवं प्रोत्सहानका लागि प्रधानमन्त्री लगायत आर्थिक, भौतिक दाता एवं सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालमा नाटकको इतिहास लामो नभएपनि फराकिलो र गहकिलो भएको बताउनु भयो । भन्नुभयो,’हामी हाम्रै समाजको कथा भन्ने शैली निर्माण गर्न खोजिरहेका छौं । जुन कुरा समाजबाट पर रहेर सम्भव छैन ।’ उहाँले समाज समृद्दीतिर लम्कन अर्थपूर्ण सोच निर्माण आवश्यक रहेको र त्यसैका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अर्थ मन्त्री युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोख्रेल, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुबीर महासेठ लगायत मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, सांसद जुली महतो, पूर्व मेयर केशव स्थापित, पुर्व संस्कृति मन्त्री दीपकरीज जोशी, कांग्रेस नेता गगन थापा लगायत अतिथी रहनु भएको थियो ।
जर्मन एम्बेसीका प्रतिनिधी एन्ड्री अर्सनल, जिआइजेडका नेपाल निर्देशक एल्क फर्सटर, जिआजेड सिभिल पिस सर्भिसका संयोजक वेरेना हिंज र अमेरिकन राजदुतावासका ट्रेड बार्उन पनि रहनु भएको थियो ।
कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीसहित ९ जना नाट्य धरोहरहरुको सम्मान गरियो । निर्देशक प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभी सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरु सुभद्रा अधिकारी, सुनिल मिश्र सूर्यमाला शर्मा सम्मानित हुनु भएको हो ।
समारोहमा परम्परागत एवं मौलिक झाँकीसँगै आधुनिक सांगीतिक प्रस्तुति रहेको थियो । अनुप बराल निर्देशित नाटक ‘रेप मेसिन’ मञ्चन समेत भएको थियो ।
मङ्गलबारदेखि महोत्सवमा काठमाडौंका चार थिएटरहरुमा नियमित नाटक मञ्चन हुँदैछ । मण्डला थिएटर, शिल्पी थिएटर, कौसी थिएटर र थिएटर मलमा प्रस्तुति हुनेछन् । नेपाल, भारत, बंगलादेश, अफगानस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाटक देखाइनेछ। नाटक मञ्चनसँगै विभिन्न विषयमा अन्तरक्रियात्माक कार्यक्रम र वहस छलफल हुनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...