भारत–पाकिस्तानबीच तनाव हुंदा नेपालमा उच्च सुरक्षा सर्तकता

काठमाडौं- भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुकवीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिनुभयो । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको बताउँदै एसएसपी बोगटीले भन्नुभयो–‘ कुनै अबाञ्छित व्यक्ति र समुहको घुसपैठको संभावना हुन नदिन सुरक्षा निकाय ‘अलर्ट’ बनेको छ ।’ यसका लागि प्रहरीसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको उहाँले बताउनुभयो ।
भारतले मंगलबार बिहान सबेरै लडाकु विमान मार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुकले सुरक्षा रणनीति बढाएका छन् । शक्तिशाली विस्फोटमा ३ सय भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दावी छ भने भारतीय आक्रमणको पुष्टी गरेको पाकिस्तानले पनि मानवीय क्षति नभएको दावी गरेको छ ।
भारतीय विदेश सचिव विजय गोलखेले गत फेबु्रअरी १४ मा कास्मिरको पुलवामा भएको आत्मघाती हमला भएजस्तै घटना फेरी दोहोरिन सक्ने पूर्व सूचनाका आधारमा मंगलबारको हमला गरेको बताउनु भएको छ । बालाकोटमा भारतीय दावी अनुसार मानवीय क्षती नभएको भन्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेशीले खण्डन गर्नु भएको छ ।
भारत–पाकिस्तानवीच केही दिन अघिदेखि नै खटपटी सुरु भएपछि सुरक्षा निकायले काठमाडौं सहित अन्यत्र निगरानी बढाउन थालेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।
सोमबारदेखि भारतीय, पाकिस्तानी र बंगाली नागरिक माथि निगरानी राख्दै शंकास्पदलाई सोधपुछ गर्ने क्रम शुरु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । ‘सोमबार केही शंकास्पद व्यक्ति पक्राउ परेका छन्, मंगलबारदेखि झनै सुरक्षा सर्तकता बढाइएको छ, उहाँले भन्नुभयो–‘काठमाडौं बाहिरका सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
तर सरकारले भने यस बारेमा मंगलबार अबेर सम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
यसै वीच राष्ट्रिय जनता पार्टी (राजपा) निकटका विद्यार्थी र युवा समुहले भारतले पाकिस्तान विरुद्ध गरेको हमलाको समर्थन गर्दै प्रर्दशन गरेका छन् ।
आतंकवाद विरुद्ध एक होऔ भन्ने आशयका साथ मंगलबार दिउँसो विरगञ्जमा विरोध प्रर्दशन भएको हो । विरगञ्जस्थित भारतीय वाणिज्य दूतावास आसपासबाट मोटरसाइल ¥याली सहितको प्रर्दशनमा राजपा महासचिव राजेशमान सिंह लगायत पार्टीका अन्य नेता सहभागी थिए । सोमबार पनि काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसर अगाडी प्रर्दशन भएको थियो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...