पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । तेह्रथुमको अठराई चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो ।
एयर डाइनेस्टीको सो हेलिकप्टर पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले नेपालखबरलाई बताए। न्यौपानेले ताप्लेजुङको पाथिभराबाट उडेको केहीबेरमै पड्किएको आवाज सुनिएको र त्यसपछि हेलिकोप्टर सम्पर्कबिहीन भएको नेपालखबरलाइ जानकारी दिए।
घटनास्थलतर्फ प्रहरी परिचालन भएको छ। ‘सूचना पाउनासाथ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका डीएसपी सञ्जयसिंह थापाको नेतृत्वमा ११ जनाको टोली दुर्घटनास्थलमा पठाइएको छ।’
‘तेह्रथुमको आठराईस्थित चुहान डाँडामा निर्माण गर्ने भनिएको विमानस्थलको अवलोकन गरेर फर्किनु भएको हो। यहाँको काम सकेर उहाँहरु तेह्रथुमसँगै जोडिएको ताप्लेजुङतर्फ लाग्नुभएछ’, तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले नेपालखबरसँग भनिन्, ‘पाथिभराको दर्शन गर्न जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको भन्ने सूचना आएको छ।’
काठमाडौँबाट बिहान आठ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) सो विमान दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले राज्य व्यवस्था समितिको बैठकमै जानकारी गराएका हुन्।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...