हावाहुरी प्रभावितलाई अष्ट्रेलियामा ११ हजार डलर जुट्यो

सिड्नी– २७ जनाको ज्यान जाने गरि नेपालको बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि अष्ट्रेलियामा ११ हजार भन्दा बढी सहयोग जुटाईएको छ । ज्यान गुमाएका परिवार, घाइतेको उपचार, बालबालिकाको पठनपाठन र आवास निर्माणमा सघाऊ पु¥याउने उद्देश्यले एसोसियन अफ नेपाल तराई अष्ट्रेलिया (एन्टा)ले घटनाको भोलीपल्टै देखि नै अभियान सुरु गरेको थियो । अहिलेसम्म ११ हजार अष्ट्रेलियन डलर संकलन भइसकेको एन्टाका अध्यक्ष अरुण कुमार ठाकुरले जानकारी दिए । पछिल्लो पटक ग्रेनभिल नेप्लिज कम्यूनिटी क्लबले विभिन्न स्थानमा संकलन गरेको १ हजार डलर अध्यक्ष ठाकुरलाई हस्तान्तरण गरेको छ ।
अभियान घोषण भएकै एनआरएनए अष्टे«लियाले संस्थागत सहयोग उपलब्ध गराउनुका साथै सबैलाई सहयोगका लागि सार्वजनिक आब्हान गरेको थियो । समस्यामा परेका प्रभावितहरुलाई तत्काल केहि गर्नका लागि प्रवासमा अभियान चलाईएको अध्यक्ष ठाकुरको भनाई छ । ‘सबै तिरबाट स्वतःस्फूर्त सहयोग आउने क्रम जारी छ, एक नेपालीलाई समस्यामा परेको बेला अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने उद्देश्य सबैमा पाईयो’, उनले भने, ‘संकलित रकम हामीले प्रभावितहरुलाई तत्काल पु¥याउने छौँ ।’ घटनामा २७ जनाले ज्यान गुमाउनुका साथै ५ सय भन्दा बढी घाइते भएका थिए । सहयोगका लागिः
Account name :- Association of Nepal Terai in Australia – (ANTA)
BSB: 082024
AC Num: 148925691

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...