हावाहुरी प्रभावितलाई चितवन समाज र रेस्ट समूहको सहयोग

सिड्नीः २७ जनाको ज्यान जाने गरि नेपालको बारा र पर्सा जिल्लामा आएको हावाहुरी प्रभावितलाई राहत पु¥याउन अष्ट्रेलियामा सुरु भएको अभियानमा सहयोग आउने क्रम जारी छ । एसोसियन अफ नेपाल तराई अष्ट्रेलिया (एन्टा)को अगुवाईमा सुरु गरिएको अभियानमा पछिल्लो पटक चितवन समाज अष्ट्रेलियाले ५ सय र रेस्ट रियल स्टेट समूहले ५ सय ५५ अष्टे«लियन डलर सहयोग हस्तान्तरण गरेका हुन् । दुबै संस्थाका पदाधिकारीले एन्टाका अध्यक्ष अरुण कुमार ठाकुरलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
बिनाशकारी हावाहुरीमा ज्यान गुमाएका परिवार, घाइतेको उपचार, बालबालिकाको पठनपाठन र आवास निर्माणमा सघाऊ पु¥याउने उद्देश्यले घटनाको भोलीपल्टै देखि नै अभियान गरिएको एन्टाले जनाएको छ । ‘अहिलेसम्म करिब १२ हजार अष्ट्रेलियन डलर संकलन भइसकेको छ, संकलित रकम विभिन्न चरणमा नेपाल पठाउने काम पनि भइरहेको छ’, अध्यक्ष ठाकुरले भने । हावाहुरी प्रभावितलाई अष्ट्रेलियाका साथै विश्वका विभिन्न मुलुकबाट सहयोग आउने क्रम जारी रहे पनि पर्याप्त नभएको बताईएको छ । सरकारले पीडितहरुका लागि घर बनाउने घोषणा गरिसकेको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...