मे १८ मा अष्ट्रेलियामा आम निर्वाचन

सिड्नीः आगामी मे १८ मा अस्ट्रेलियामा आमनिर्वाचन हुने भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे १८ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् ।मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् ।अस्ट्रेलियामा हाल कन्जरभेटिभ पार्टीको सरकार छ । सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ ।आमनिर्वाचनमार्फत जनताले दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन् । प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ । तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ । कूल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् । आमनिर्वाचनको प्रमुख मुद्दा जलवायु परिवर्तन र आर्थिक व्यवस्था हुने अनुमान गरिएको छ ।अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले निर्वाचन घोषणा कार्यक्रममा बोल्दै निर्वाचनले आउँदो दशकको अर्थतन्त्रबारे निर्धारण गर्ने बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...