विद्यार्थीलाई पनि एनआरएनए सदस्यता

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६

सिड्नीः अध्ययनका लागि अष्ट्रेलिया आउने विद्यार्थीलाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्यता दिइने भएको छ । तर, उक्त सदस्यता एशिोसिएट अर्थात निर्वाचन प्रक्रियामा मतदानको अधिकार भने हुने छैन । विगत देखि विद्यार्थीहरुलाई सदस्यता वितरणको बाटो खुल्ला गरेपनि यसप्रति विद्यार्थीको रुची भने उल्लेख रहेको पाइदैन । मतदानको अधिकार नहुँदा सदस्यता प्रति विद्यार्थीको आकर्षण नहुँदा एनआरएनएका पदाधिकारीले विद्यार्थीहरुलाई एनआरएनए आन्दोलनमा संलग्न गराउन नयाँ विकल्पको खोजी गर्न थालेका छन् । नेपाली विद्यार्थीको अध्ययनको पहिलो गन्तव्य अष्टे«लिया बन्दै गएको सन्र्दभमा विद्यार्थीसँग सम्बन्धित समस्याहरु एनआरएनएसँग जोडिदै आएका छन् । विद्यार्थीहरुले भोग्दै आएका समस्या, उनीहरुलाई आइपर्ने विभिन्न किसिमका झन्झटका लागि एनआरएनएले नै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी अवस्था रहेको एनआरएनएका उपाध्यक्ष नन्द गूरुङको भनाई छ ।

‘विद्यार्थीहरुलाई आइपरेका समस्या हामीले सक्दो रुपमा सम्बोधन गर्ने प्रयास नगरेका होइनौँ तर, अब एनआरएनए आन्दोलनमा विद्यार्थीहरुले पनि योगदान दिनुपर्ने समस्या आएको छ’, उनले भने, ‘त्यो भनेको हामीले अहिले खुल्ला गरेको सदस्यता अभिायनमा सहभागी हुने हो ।’ सदस्यता लिएमा नेपालको कुन जिल्लाको ? अहिले कहाँ बस्ने ? कुन विषय पढ्ने ? देखि सम्पर्क नम्बरसम्म रहने भएकाले उनीहरुका समस्या पहिचानमा सघाउ समेत पुग्ने एनआरएनएले जनाएको छ । सदस्यता वितरण यहि अप्रिल महिनामा सकिदैछ । अहिले सम्म २ सयको हाराहारीमा विद्यार्थीहरुले सदस्यता लिएको बताईएको छ । हजारौँको सँख्यामा रहेको विद्यार्थीहरुका समस्या समाधानका लागि एनआरएनएले विद्यार्थी कल्याणकारी कोष समेत खडा गरेको छ । एनआरएनए र विद्यार्थी दुवै पक्षको आपसी हितका लागि विद्यार्थीहरुलाई एशोसिएट सदस्यता वितरण गरिदै आएको एनआरएनएका प्रवक्ता डिला खरेलले जानकारी दिए ।