उद्यमी सम्मेलनमा तीनसय उद्योगी सहभागि हुदै

-- गोपाल छन्त्याल / नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख ४, २०७६

सिड्नी:  गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले यहि अप्रिल अन्तिम साता गर्न लागेको दोस्रो उद्यमी सम्मेलनमा तीन सय भन्दा बढी उद्योगी व्यवसायीले सहभागिता जनाउने भएका छन् । नेपालमा लगानीको क्षेत्र पहिचान र लगानीको सकरात्मक वातावरण सिर्जनाका लागि आयोजित सम्मेलन नेपालसहित अष्टे«लियाका स्थानीय उद्योगी व्यवसायी सहित विश्वभर छरिएर रहेका एनआरएनएहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलन यहि अप्रिल २७ तारिख हुदैछ । सम्मेलनका लागि स्थान छनौट, पाहुनाको बसाई देखि प्रस्तुत हुने कार्यपत्रको तयारी तीब्र पारिएको छ ।

‘सम्मेलनले विद्यार्थी, महिला र युवाहरुको क्षेत्रमा के कस्तो उद्यम सञ्चालन गर्न सकिन्छ भनेर मूख्य रुपमा जोड दिने तयारी गरेको छ’, एनआरएएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले भने, ‘यसपटक अष्ट्रेलियाको टुर एण्ड ट्राभल क्षेत्रका व्यवसायिक घराना सहित प्रतिष्ठित उद्यमीहरुले सहभिागता जनाउने पक्का छ भने नेपालबाट बैंक, पर्यटन र जलविद्युत्सँग सम्बिन्धित उद्यमीहरु उपस्थित हुनेछ ।’ उनका अनुसार, विभिन्न क्षेत्रलाई समेटेर १० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । ‘त्यसको सम्पूर्ण तयारी अन्तिम चरणमा छ’, उनले भने । सम्मेलनलाई सफल बनाउन अस्ट्रेलिया नेपाल विजनेश काउन्सिलका अतिरिक्त नेपाली राजदूतावास क्यानवेरा, महावाणिज्य दूतावासको कार्यालयले पनि सम्मेलन सफल बनाउन सहयोगीको भूमिका खेलेको एनआरएनएले जनाएको छ । बिहान देखि विभिन्न सत्रमा चल्ने सम्मेलनले उद्यमी घोषणा पत्र समेत जारी गर्ने बताईएको छ ।