नेपालको पहिलो स्याटलाईट नेपाली स्याट १ अन्तरिक्षा प्रक्षेपण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख ४, २०७६

होमप्रसाद लम्साल
अमेरिका, नेपालको ईतिहासमा पहिलोपल्ट नेपाली स्याट १ नामक अन्तरिक्षामा स्याटलाईट प्रक्षेपण गरिएकोे छ । आज अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपाली स्याट १ नामक पहिलो स्याटलाईट प्रक्षेपण गरिएको नासाद्धारा तयार पारिएको लाईभ भिडियोमा उल्लेख छ । जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली बैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निमाण गरेका हुन । नेपाली स्याट १ नामक स्याटलाईट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ ।


स्याटलाईटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ । यस स्याटलाईट अन्तरिक्षामा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फकाईने उल्लेख छ । त्यहि स्याटलाईट नेपालको पहिलो स्याटलाईट हुनेछ । अन्तरिक्षामा स्याटलाईट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो ।