घतान–पुला समाज अष्ट्रेलियाद्धारा साढे ३ लाख सहयोग

सिड्नीः उपचारको क्रममा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका वडा नं ९ नेप्टेचौरका स्वर्गिय हरिबहादुर चोखालका छोराछोरीलाई पालनपोषण र शिक्षादिक्षाका लागि घतान–पुला समाज म्याग्दी अष्ट्रेलियाले साढे तीन लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ । आर्थिक रुपमा अत्यन्तै दयनीय स्वर्गीय चोखालको उपचारकै क्रममा ज्यान गएपछि अभियान मार्फत समाजले संकलन गरेको ३ लाख ६२ हजार १ सय ५१ एक कार्यक्रमका बीच सहयोग चोखाल परिवारलाई हस्तान्तरण गरिएको छ । बेनपा– ९ वडा अध्यक्ष बेल बहादुर चोखाल, समाजसेवी गंगा बहादुर बानियाँ, ओमबहादुर चोखाल, राष्ट्रिय माविका शिक्षक शंकर चोखाल, स्वर्गीय चोखालकी श्रीमति अञ्जना लगायतको उपस्थिती रहेको थियो ।
पुला–समाज अस्ट्रेलियाका अध्यक्ष निर्मल बानियाँले आर्थिक अभावका कारण शिक्षादिक्षा र बालबालिकाको शिक्षादिक्षामा सहज हुने गरी दुई हप्तामा संकलन गरिएको बताए । उनले आर्थिक सहियोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं भविस्यमा पनि सामाजिक कार्यमा सक्रिय हुने बताए । ‘अभिभावक गुमाएपनि बालबालिकालाई शिक्षादिक्षामा राहत हुनेछ, आर्थिक सहयोग गर्ने सम्पूर्णप्रति आभारी छौ’ बानियाँले भने । समाजले शिक्षा, स्वास्थ्य सहित मानवीय सेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । सहयोग रकम बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थामा पाँचबर्षे मुद्धतीमा राखिएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए । उनका अनुसार सहयोग रकमलाई स्थानीय जनप्रतिनिधि सहितको उपस्थितीमा मुद्धतीमा राखिएको बताए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...