जलेश्वर बचाउन थारु सोसाइटी सिड्नीद्धारा पाँच लाख सहयोग

सिड्नी– साउदी अरेबियाको जेलमा कैदी जीवन बिताउन बाध्य चितवनका जलेश्वर चौधरीको जीवनरक्षाका लागि अष्ट्रेलियाबाट पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ । सवारी सञ्चालनका क्रममा पछाडिबाट अघिल्लो सवारी साधनलाई ठक्कर दिँदा त्यसमा सवार साउदी नागरिकको ज्यान गएपछि उनी जेल परेका थिए । रोजीरोटीका लागि ऋण गरेर साउदी पुगेको केहि समयभित्रै चौधरी जेल परेका चौधरीको रिहाइका लागि ४५ लाख रुपैयाँ बल्डमनी बुझाउनुपर्ने भएपछि परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।
न्यून आर्थिक अवस्था भएका परिवारका लागि नेपालमा विभिन्न संघसंस्था र अष्ट्रेलियाको सिड्नीबाट थारु सोसाइटी सिड्नी परिवारको नेतृत्वमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियान सुरु भएको दुई हप्तामै स्वतस्फूर्त रुपमा ५ लाख २४ हजार रुपैयाँ संकलन भएको सोसाइटीले जनाएको छ । संकलित सहयोग रकम नेपालमा सहयोग संकलन गरिरहेको संस्था चरमेश्वर पटदार बन्धु सेवा समाजका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी मार्फत जलेश्वरको जीवनरक्षार्थ खोलिएको बैंक खातामा जम्मा गरिएको भौचर परिवारलाई हस्तान्तरण गरिएको हो ।
सानो आग्रहको भरमा सहयोग गर्ने सबैलाई थारु सोसाइटीले धन्यबाद ज्ञापन गरिएको सोसाइटीका अध्यक्ष दीप नारायण चौधरीले जानकारी दिए । ‘एनआरएनए अष्टे«लिया लगायत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुले धन्यबाद दिन चाहान्छु’, उनले भने । जलेश्वरको जीवन रक्षाका लागि गरिमा विकास बंैकमा खाता खोलिएको छ । चौतर्फी रुपमा उठेको सहयोगका कारण आवश्यक बल्डमनी पूरा हुन लागेको थारु सोसाइटीका पब्लिक अफिसर अरुणकुमार चौधरीले जानकारी बताए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...