एनआरएनए अष्ट्रेलियाको भावी नेतृत्वलाई कँडेलको उम्मेद्वारी

सिड्नीः आगामी जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा भावी नेतृत्वका लागि केशब कँडेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक समेत रहेका कँडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्वारी घोषणाको जानकारी दिएका हुन् । सन् १९९८ मा विद्यार्थीका रुपमा आएका कँडेल सन् २००८ देखि एनआरएनए आन्दोलनमा होमिएका थिए ।
एनआरएनए कार्यसमितिको स्वयमसेवक देखि उपाध्यक्ष र राज्य संयोजक सम्म हुँदा लिएका अनुभव र योजनालाई थप गति दिन आफुले नेतृत्व लिन चाहेको स्पष्ट पारेका छन् । ‘एनआरएनए अष्ट्रेलियाको बिधान परिवर्तन सँगै यस संस्था नयाँ दिशामा जान लागेको छ । यो अवस्थामा यसको कार्यन्वयनको लागि संस्थालाई निश्चय नै अनुभबी एबं परिपक्क नेतृत्वको आवश्यकता रहेको छ । सँस्था प्रति इमान्दारिता एबं निष्ठा भएको ब्यक्तीले नै यसको नेतृत्व गर्नुपर्ने आजको आवश्यकता हो ।यी कुराहरु मेरो अनुभब र इमान्दारिताले पुरा गर्न सक्छु भन्ने दृढ बिश्वास सहित २०१९–२१ को लागी एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेको ब्यहोरा अवगत गराउन चाहन्छु’, उनले भनेका छन् ।
आफ्नो कार्यकाललाई सफल बनाउन अहिले आफु जिम्मेवार रुपमा आबद्ध रहेको संघसंस्थाको पदबाट राजीनामा समेत दिइसकेको बताउँदै उनले भनेका छन्, ‘ म एक ब्यक्ती एक पदको मान्यता अनुरुप र सस्थालाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ बाट बाहिर राख्न आफु आबद्ध एनआरएनए बाहेकका अरु सबै सस्थाहरुको पदिय जिम्मेवारीबाट आजैको दिन देखी राजिनामा दिएको जानकारी पनि गराउन चाहन्छु र आगामी २ बर्ष एनआरएनए बाहेक अन्य संस्थामा म कुनै पनि पदीय जिम्मेवारीमा नरहने ब्यहोरा अवगत गराउन चाहन्छु ।’

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...