एनआरएनए अष्ट्रेलियामा ३५ सय सदस्य थपिए

सिड्नीः गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा ३५ सयले नयाँ सदस्यता लिएका छन् । यससँगै एनआरएनए अष्ट्रेलियाको सदस्य सञ्जाल झण्डै १२ हजारको हाराहारीमा पुगेको छ । आगामी जुलाइमा महाधिवेशन हुने भएपछि विभिन्न पदका भावी नेतृत्वका आकाँक्षीहरुको सक्रियता र अनलाइन मार्फत सदस्यता लिन सक्ने सहज व्यवस्थाका कारण एक महिनाको अवधीमा ३ तीन हजार ५ सय ७४ सदस्यता थप भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । सबैभन्दा बढी सिड्नी शहर समावेश न्यू साउथ वेल्स राज्यमा ४ हजार ७ सय ५२ र तास्मनियाँमा सबैभन्दा कम दुई सय ८ सदस्यता रहेका छन् ।
सन् २०१७–१९ मा ८ हजार २ सय ४४ सदस्य रहेको एनआरएनए अष्ट्रेलियामा सदस्यता सँख्या बढेसँगै १२ औँ महाविधेशन पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । ‘यसपटक ३५ सय ७४ सदस्यता थपिएका छन्, यो निकै उत्साहजनक सँख्या हो’, एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले भने । अब बस्ने कार्य समिति वैठकले महाधिवेशनको मिति र स्थान टुँगो लगाउनेछ । अहिलेसम्म भावी नेतृत्वका लागि कार्यसमिति उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्यका संयोजक गुरुङ र कार्य समिति उपाध्यक्ष एवम् भिक्टोरिया राज्यका संयोजक केशब कँडेलले सामाजिक सञ्जाल मार्फत उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । यसअघि, निर्वाचनको तयारी स्वरुप एनआरएनएको १२ औँ केन्द्रीय वैठकले एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीलाई निर्वाचन अधिकृत तोकी सकिएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...