चार नेपाली बेलायतको काउन्सिलरमा विजयी

सिड्नीः बेलायतमा अप्रिल २ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवारले विजयी हासिल गरेका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवद्र्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन्। नेपाली समुदायको वशोवाशको हिसाबले बेलायतलाई नेपालीको राजधानी मानिने अल्डरसटमा म्याग्दीका केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन्।
कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका थिए । यसअघि उक्त क्षेत्रमा लेबरले जित्दै आएको थियो । त्यस्तै लिबेरल डेमोक्र्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गर्दैै विजय भएका हुन् । खड्का निर्वाचित क्षेत्र भने विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोक्र्याटको पकड क्षेत्र हो। सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित भएका हुन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका थिए । डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वाचित भएका हुन्। कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएको बताईएको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...