चार नेपाली बेलायतको काउन्सिलरमा विजयी

सिड्नीः बेलायतमा अप्रिल २ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवारले विजयी हासिल गरेका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवद्र्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन्। नेपाली समुदायको वशोवाशको हिसाबले बेलायतलाई नेपालीको राजधानी मानिने अल्डरसटमा म्याग्दीका केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन्।
कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका थिए । यसअघि उक्त क्षेत्रमा लेबरले जित्दै आएको थियो । त्यस्तै लिबेरल डेमोक्र्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गर्दैै विजय भएका हुन् । खड्का निर्वाचित क्षेत्र भने विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोक्र्याटको पकड क्षेत्र हो। सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित भएका हुन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका थिए । डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वाचित भएका हुन्। कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएको बताईएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...