भारतीय लोकसभा निर्वाचनः एक समीक्षा

-- बिश्वामित्र खनाल / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

भारतीय लोकसभा निर्वाचन २०१४मा मोदी लहरका कारण भारतीय जनता पार्टी (भाजपा) ले २८२ सिटमा विजयी प्राप्त गरि पाँचवर्ष पूर्ण वहुमतको सरकार चलाईो । झण्डै तीसवर्ष पछि भारतले पूर्णवहुमतको सरकार पाएको थियो । ५०वर्ष भारतमा एकलौटी शासन गरेको राष्ट्रिय कँग्रेस ४४सिटमा कम्जोर प्रमुख प्रतिपक्ष वन्न पुग्यो । एकदशक भन्दा लामो समय कंग्रेस नेतृत्वको संयुक्त सरकारमा व्याप्त कुशासन र भ्रष्टाचारलार्ई प्रमुख मुद्दा बनाएर नरेन्द्र मोदीले “कालेधन ल्याङ्गे, गरिवके खातामे १५लाख डालिङ्गे, अव अच्छे दिन आनेवाले है” को नारामा २०१४को लोकसभा निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

भाजपाले सत्ता सम्हाले पछि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको जबर्जस्त रफ्तारलार्ई यसरी अगाडि वढाएका थिए कि कम्तीमा अवको १०–१५ वर्ष भाजपालाई कसैले रोक्न सक्दैन भन्ने अवस्था सिर्जना भएको थियो । लोकसभा निर्वाचन लगत्तै भएका विधानसभाका निर्वाचनहरूमा मोदी लहरको प्रभाव देखियो । भारतको उत्तर प्रदेश सहित अधिकांश राज्यहरूमा भाजपाले पूर्णवहुमतको सरकार वनायो । विपक्षी पार्टीहरूले रणनीति फेर्दै भाजपा विरुद्ध घेरावन्दी गर्न एकजुट भएर चुनाव लड्न थाले । जसरी इमरजेन्सी पछिको समयमा इन्दिरा गान्धी विरुद्ध सवै दल एक भएका थिए, त्यसैगरि भाजपा विरुद्ध सवै दल एक हुन पुगे, जुन हालको लोकसभा चुनावसम्म कायम नै छ ।

२०१४को मोदी लहरलार्ई २०१६को दिल्ली विधानसभाको निर्वाचनले नराम्रो धक्का दियो । २०१४को लोकसभा निर्वाचनमा लगभग एकपक्षीय नतिजा ल्याएर भारतमा एकल बहुमतको सत्ता चलाईरहेको भाजपालाई दिल्ली विधानसभाकोे निर्वाचनमा आम–आद्मी पार्टीले नराम्ररी हरायो, मोदी लहरमा नराम्रो धक्का लाग्यो । यसको असर अन्य प्रान्तहरूमा पनि देखिन थाल्यो । भर्खरै सम्पन्न पाँचवटा राज्यको विधानसभा चुनावमा भाजपाले नराम्रो हार वेहोर्न पुग्यो । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले आफ्नो वर्चश्व नै गुमायो, जहाँ भाजपा कै सरकार थियो । कांग्रेस मुक्त भारतको नारा लगाउदै हिडेका प्रधानमन्त्री मोदीलाई यी पाँच विधानसभाको निर्वाचनले भारतमा मोदी लहरको अन्त्यको संकेत दियो । कँग्रेसले सत्तारुढ भाजपालार्ई पछारेर तीनवटा राज्यमा सरकार बनायो, जसमध्ये दुईटामा कँग्रेसकोे एकल बहुमत छ । बाँकी दुई राज्यमा भने क्षेत्रीय दलले सरकार वनाएका छन् । विधानसभा निर्वाचनको नतिजाले भारतमा गरीब र गरिखानेहरूका लागि धर्म र जातीयता भन्दा रोजीरोटीको सवाल प्रमुख हुन्छ भन्ने प्रष्ट पारेकोछ ।

२०१४को लोकसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेस ४४ सिटमा खुम्चिएको थियो, बिधानसभाको पछिल्लो परिणामले भारतीय राष्ट्रिय कंग्रेसको विस्तारै कमब्याक भएकोछ भने कँग्रेसले आफ्नो स्थितिलार्ई निकै सुधारेको छ ।

पाँचवर्ष पुग्दै गर्दा अच्छे दिन तर्फको यात्रामा भाजपाले नराम्रो झट्का व्यहोर्नु परेकोछ । कालो–धन नियन्त्रण गर्ने भन्दै ल्याइएको नोटबन्दी नीतिले ग्रामीण किसान र शहरी गरीबहरूलार्ई ठूलो मारमा पा¥यो । मोदी सरकारले ल्याएको जीएसटी (गुड्स एण्ड सर्भिस ट्याक्स) नीतिलार्ई पनि स–साना शहरिया व्यापारीहरूले रुचाएनन् । ठूल्ठूला पपुलिस्ट कुरा गर्न रुचि देखाएका मोदीले भारतीय जनसंख्याको महत्वपूर्ण हिस्सा निम्न र मध्यमर्गीय जनताले भोगिरहेको संकट हटाउने तर्फ अपेक्षित चासो देखाएनन् । भारतीय मिडियाहरूले विपक्षी दलहरूले ग्रामीण क्षेत्रका मतदाता, किसान, दलित, आदिवासी, पहिलो पटक मताधिकार प्रयोग गरिरहेका मतदाता र बेरोजगारको समर्थन पाएको भन्दै शहरिया मध्यमवर्ग र व्यापारीहरू माझ समेत भाजपा प्रतिको मोहभंग भएको उल्लेख गरेका छन् ।

सत्तारुढ भाजपा अल्पसंख्यक समुदाय, खासगरी मुस्लिम समुदायप्रति हदैसम्म अनुदार देखिएको रवैयालार्ई मोदी लहर व्रेकको अर्को कारण मानिएको छ । चरम हिन्दुत्वको विचार प्रवद्र्धन गरिरहेका भाजपाका नेता–कार्यकर्ताबाट अल्पसंख्यक प्रतिको आक्रामक र दूव्र्यवहारले मुस्लिम समुदायमा असुरक्षाको मनोविज्ञान मात्र बढाएन, समाजमा उदार सोच राख्ने पंक्ति समेत नराम्ररी चिढिन पुगेकोछ ।

अहिलेको निर्वाचनमा विहारको वेगुसराय निर्वाचन क्षेत्र एउटा उदाहरण वनेको छ, जहाँ भारी मतान्तरले गत निर्वाचनमा भाजपाले जितेको थियो । वेगुसराय निर्वाचन क्षेत्र यस चुनावमा निकै चर्चाको शिखरमा छ । यहाँ भाजपाका दिग्गज नेता तथा केन्द्रीय शक्तिशालि मन्त्री गिरिराज सिंहलार्ई जेएनयुका पूर्व अध्यक्ष कन्हैया कुमारले कडा चुनौति दिएका छन् । कन्हैया भारतीय कम्युनिष्ट पार्टीवाट चुनाव लडेकाछन् । मुस्लिम वहुल्य यस क्षेत्रमा कंग्रेसले मुस्लिम उमेदवार दिएकोछ । कन्हैया कुमारलार्ई मोदी सरकारले राज्य विप्लवको मुद्धा लगाई फाँसिको सजाँयको माग सहित तिहाड जेल पठाएको थियो, तर अदालतले सरकारको जिकिरलार्ई खारेज गर्दै कन्हैयालाई विना शर्र्त रिहाइ गरेको थियो । मुस्लिम वहुल्य क्षेत्र भएर पनि यहाँ त्रिपक्षीय भिडन्त छ ।

मोदीको छिमेक नीति तथा विदेश नीतिले पनि यो चुनवामा राम्रै चर्चा पाएको छ । भारतले सार्कलाई छाडेर विस्मेटकलाई अगाडि वढाएको छ भने पाकिस्तान, श्रीलंका, वंगलादेश माल्दिप्स र नेपाल संगको छिमेकि नीतिले पनि चुनावमा भाजपाको लहरलाई असर पारेको छ । तर, हालै पाकिस्तानको पुलवामा गरिएको सैन्य कारवाहि तथा भारतीय वायुसेनाका पाइलटको सकुशल रिहाइले भाजपालाई यो चुनावमा केही राहत भने दिएकोछ ।

एकातर्फ, भारतमा शक्तिशालि सरकार रहेमा आफ्नो स्वार्थ पूरा नहुने ठानेर अमेरिका लगायतका पश्चिमी राष्ट्रहरू मोदिको विरुद्धमा देखिएका छन् भने अर्कोतर्फ रुस, चीन र पाकिस्तान भारतमा पूर्णवहुमत सहितको सरकारको पक्षमा रहेकोछ । पूर्णवहुमतको सरकार संग काम गर्न सजिलो हुने भएकोे र नरेन्द्र मोदीको विपल्पमा अरु कुनै शक्ति वा व्यक्ति आउने परिस्थिती नरहेकोले पश्चिमा वाहेकका शक्ति मोदीको निरन्तरताको पक्षमा रहेकाछन् ।

९०करोड भन्दा वढि मतदाता रहेको यो निर्वाचनमा १०लाख मतदान केन्द्र रहेकोेछ । सरदर एक बिधायक वरावर करिव ५लाख मतदाता रहेकाछन् । २०१४ पछि ८.३करोड नयाँ मतदाता थपिएकाछन् जसमध्ये १.५करोड १८–१९ वर्षका मतदाता रहेकाछन् । गोप्य विद्युतिय मतदान प्रणालीवाट सम्पन्न हुने यो निर्वाचन अप्रिल ११गते वाट सुरु भैसकेकोछ । विभिन्न सात चरणमा गरेर हुने यस चुनाव अप्रिल ११, १८, २३, २९ तथा मे ६, १२ र मे १९तारिखमा हुनेछ भने नतिजा २९मेमा प्रकाशित हुनेछ । भारतको यो चुनाव विश्व कै ठुलो चुनाव हो । भारतको यो चुनावमा अमेरिकामा भन्दा चार गुणा वढि मतदाता रहेकाछन् ।

भारतीय लोकसभाको यो चुनावले प्रधानमन्त्रीको दौडमा भाजपाका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट राहुल गान्धीलार्ई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि राहुल गान्धीको वारेमा विपक्षी गठवन्धन बीच एकमत भने पाइदैन ।

निर्वाचनका मत सर्भेहरूले यो पटक भारतीय जनता पार्टी सहित उसको गठवन्धनले वहुमत मात्रै प्राप्त गर्न सक्ने तर विगतको जस्तो भाजपा एक्लैको वहुमत भने यसपटक लोकसभामा हुने छैन । विपक्षी राष्ट्रिय कँग्रेसले करिव १००सिटको हाराहारीमा विजयी भइ आफ्नो स्थिती सुधार्ने वताइरहेकाछन् । त्यसैगरि, क्षेत्रिय दलहरूको दवदवा पनि आगामी लोकसभामा कायम नै रहने वताइइकोछ ।