रबि लामिछाने अष्ट्रेलियामा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
नेपालका चर्चित पत्रकार एबं सिधा कुरा जनता संग कार्यक्रमका संचालक रबि लामिछाने यति बेला अष्ट्रेलियामा छन् । अष्ट्रेलियाका बिभिन्न शहरहरु सिड्नी, मेलबर्न क्यन्बरामा प्रत्यक्ष अन्तरक्रिया गर्दै हिडेका रबिलाई यहाँका सबैले आत्मीय रुप मै स्वागत गरेका छन् । सिड्नीमा भएको कार्यक्रममा बिभिन्न बिधार्थीहरुले आफ्नो समस्या उनलाई राखेका थिए ।  कति समस्याहरु आफैमा असान्दर्भिक लागे पनि बिधार्थीहरु का लागि आफना भावना पोख्ने यो थलो बनेको जस्ता मिश्रित प्रतिक्रियाहरु आहिले सामाजिक संजालहरु मा आएका छन् ।  बिधार्थीका समस्या बाहेक अन्य घरयासी समस्याहरु, महिला हिंसाका कुराहरु पनि उक्त कार्यक्रममा गुनासोको रुपमा आएको थियो।
लाहुरी टिभीको आयोजना भएको उक्त सिड्नीको कार्यक्रमलाई बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर.के.एस अस्ट्रेलियाले मुख्य प्रयोजन गरेको  थियो । कार्यक्रममा भएको अन्तरक्रियाहरु लाई  समेट्दै रबि लामिछानेले अष्ट्रेलिया बाटै सिधा कुरा जनता संग कार्यक्रमको दुइ शृंखलाहरु प्रसारित गरिसकेको छन् । थप अरु केहि  शृंखलाहरु पनि अष्ट्रेलियाका बिभिन्न शहरहरुको अन्तरक्रिया कार्यक्रम संगै प्रसारण गरिने पनि रबि लामिछानेले सामाजिक संजाल मार्फत जनाएका छन् ।  यहाँका समस्या मात्रै नभइ प्रगति र उन्नतीका कथाहरु लाई पनि कार्यक्रममा समेटिने लामिछानेले बताए।
(फोटो: Arun Photogrpahy)