अमेरिकामा राष्ट्रपतिको प्रत्यासीहरुबीच प्राथमिक तहको प्रतिस्पर्धा जारी
अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ ।
डेमोक्र्याट पार्टीको तर्फवाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपबिलकन पार्टीको तर्फवाट अझै तीनजना मैदानमा रहेका छन् । अर्बपति धनाढ्य डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन कासिक रहेका छन् ।
डेमोक्र्याट पार्टीको हिलारी क्लिन्टनको अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म उनले कूल ४७६५ मध्ये १७९० प्रतिनिधी मत (डेलिगेटस) पाएकी छन् । उनको पार्टीका अर्का प्रत्यासी बर्नी स्याण्डर्सले १११३ मत पाएर पछ्याइरहेका छन् ।
अव बाँकी रहेको मतमध्ये बर्नीले आफूलाई मनोनयनमा पार्नका लागि ६५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । हिलारी भने ५९३ मत ल्याएको खण्डमा उनी मनोनयनमा पर्नेछिन् । आगामी १९ तारिखमा हुने न्यूयोर्कको प्राथमिक निर्वाचनले एउटा स्पष्ट खाका आउने संभावना रहेको छ ।
न्यूयोर्कको कूल २४६ र पेन्सलभेनियाको १८९ डेलिगेटस भोटले हिलारी अग्रस्थानमा वस्न सफल भइन भने उनको मनोनयनको लागि मार्ग प्रशस्त हुनेछ ।
न्यूयोर्क किन पनि यी दुई उम्मेदवारका लागि महत्वपूर्ण रहेको छ भने वर्नी न्यूयोर्कमा जन्मिएका हुन भने क्लिन्टनको कर्मथलो न्यूयोर्क हो । त्यसैले दुबैको मजबुत आधारशीला भएको स्थानको रुपमा न्यूयोर्कलाई लिइएको छ ।
मङ्गलवार मात्रै मोमाउथ युनिभर्सिटीले गरेको एक सर्वेक्षणमा क्लिन्टनले ५१ प्रतिशत र वर्नी स्याण्डर्सले ३९ मत प्राप्त गरेका थिए । यसले क्लिन्टनको अग्रता कायम रहने अनुमान सञ्चारमाध्यमहरुको रहेको छ ।
बिहीबार भएको सिएनएनको सार्वजनिक बहस कार्यक्रममा दुबै प्रत्यासीले इराक युद्ध, वाल स्ट्रेटको मुद्दालगायतका विषयमा रक्षात्मक टिप्पणी गरेका थिए ।
बिहीबारको बहसमा वर्नी स्याण्डर्सले हिलारीमाथि प्रश्न गर्दे उनको निर्णयमाथि प्रश्न भनेका थिए, वर्नीको भनाई थियो–इराक युद्ध, धनी वर्गका व्यक्तिहरुसँगको सम्बन्ध जस्ता विषयले उनको योग्यतामाथि प्रश्न उठेको छ ।
त्यसको प्रत्युत्तरमा हिलारी क्लिन्टनले मलाइ दुईपटक सिनेटमा जिताएर विदेशमन्त्रीको रुपमा जनताले अनुमोदन गरिसकेका छन् । अमेरिकामा सञ्चारमाध्यमहरुले बिहीबारको क्लिन्टनको प्रस्तुतिलाई अब्बल मानेका छन् ।
उनले नीतिगत विषयमा मजबुततर्क पेस गरेकी थिईन् । यद्यपि क्लिन्टनलाई वर्नीको सुधारात्मक अवधारणाको लागि रोक्ने एउटा प्रयास आगामी अप्रिल १९ तारिख नै हुनेछ । न्यूयोर्कका डेलिगेटसहरुले सहयोग गरेर हिलारीलाई फराकिलो अन्तरले वर्नीलाई हराए भने वर्नी राष्ट्रपतिको दौडबाट घर फर्किनुपर्ने हुन्छ ।
उता रिपब्लिकन पार्टीमा पनि चुनावी दौड जारी रहेको धनाढ्य डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धा दिँदै टेड क्रुजले पछाएका छन् । यो समाचार तयार पार्दासम्म ट्रम्पले ७३८ डेलिगेटस भोट पाएका छन भने क्रुजले ५३८ मतका साथ पछ्याइरहेका छन् ।
एक पछि अर्को विवादस्पद अभिव्यक्ति दिँदै आएका ट्रम्पको लोकप्रियता पछिल्लो समयमा केही खस्किएको छ । रिपब्लिकन पार्टीको पनि आगामी अप्रिल १९ तारिखमा न्यूयोर्कमा ९५ डेलिगेटस र अप्रिल २६ मा पेन्सलभेनियामा ७१ मतसहितको प्राथमिक निर्वाचन हुने भएको छ ।
रिपब्लिकन पार्टीको जुन महिनामा मात्रै कसको मनोनयन हुन्छ भन्ने खाका आउने सम्भावना छ । किनकी जुन महिनामा उक्त पार्टीको क्यालिफोर्नियासहित पाँच राज्यमा ३०३ डेलिगेटसले मतदान गर्नेछन् ।
आगामी नोभेम्वर ८ तारिखमा हुने निर्वाचनमा यी दुई पार्टीको तर्फबाट कसले मनोनयन पाउने छ भन्ने जान्नका लागि अरु केही समय कुर्नुपर्ने भएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...