एनआरएनए अष्ट्रेलियामा चुनावी सरगर्मी, नन्द गुरुङ्गले केशब कडेललाई समर्थन गर्ने

अध्यक्षको दौडमा केशब कडेल र दिनेश पोखरेल, नन्द गुरुङ्गले केशब कडेललाई समर्थन गर्दै 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार ८, २०७६
आगामी जुलाई ६ मा अष्ट्रेलियामा हुने एनआरएनए अष्ट्रेलियाको २०१९- २०२१ को मिति नजिकिदै गर्दा यहाँको चुनावी सरगर्मी एकदमै बढेको छ । निर्बाचन कमिटिले दिएको तालिका अनुसार अब उम्मेद्वारी फिर्ता पछिको अन्तिम उम्मेद्वारी प्रकाशित संगै केहि स्टेटका पदाधिकारी र एनसीसी सदस्य सहित अध्यक्षको दौडमा रहेका नन्द गुरुङ्गले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । साथीहरु बिच आपसी एकताको संदेश दिदै सके सम्म सर्बसम्मत नेतृत्व छानियोस भन्ने आफ्नो मनाशय रहेको तर भोलि निर्बाचन नै हुने परिस्थितिमा आफ्नो साथ सहयोग र समर्थन अध्यक्षका उम्मेद्वार केशब कडेललाई हुने पनि उम्मेद्वारी फिर्ता पछि द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा नन्द गुरुङ्गले बताए। चुनाबी दौडमा यस पटक आफु नरहे पनि एनआरएनएमा आफु सधै सकृय रहने र २०२१ -२०२३ को एनआरएनए अष्ट्रेलियाको नेतृत्व लिन आफु तयार रहने पनि गुरुङ्गले बताए।
एनसीसी/आइसीसी सदस्य र एससिसि गरि कारब २२९ पदका लागि हुने यस पटकको नेतृत्व चयनको निर्बाचनमा कुल ३४८ जना अन्तिम उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन्।  जसमा भिक्टोरिया राज्यको महिला फोरम बाहेक अन्य स्टेटका महिला फोरम र  राष्ट्रिय महिला फोरमका पदहरु सबै निर्बिरोध निर्बाचित भइ सकेका छन् । यसै गरि नर्दन टेरोटरि र तास्मेनियामा स्टेट कमिटिका सबै पदहरु र यी स्टेट बाट एनसिसिमा प्रतिनिधित्व हुने सदस्य सहित सबै पदहरु निर्बिरोध भएका छन्।
मुख्य पद अध्यक्षमा दोहोरो भिडन्त देखिए पनि अन्य मुख्य पदहरुमा लगभग अझै त्रिकोणात्मक नै प्रतिस्पर्धा देखिन्छन।  कुनै स्टेटमा पूर्ण अनलाइन त कुनैमा आंशिक अनलाईन र आंशिक निर्बाचन हलमा नै पुगि भोट दिने प्रकृया हुने पनि निर्बाचन आयोगले जनाएको छ।  ठ्याक्कै भोटिङ्ग प्रबिधि कस्तो हुने, कसरि भोट हाल्ने आदि कुराहरु सबै सदस्यहरु लाई निर्बाचन समितिले छिट्टै जानकारी गराउने पनि जनाएको छ।