विद्यालय पुनर्निर्माणका लागि सिड्नीमा फन्ड राइज डिनर हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६

अष्ट्रेलियाको नेपाली समुदायको सबै भन्दा  पुरानो संस्था  नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ले ४ बर्ष अगाडीको प्रलयकारी भुकम्पबाट क्षति पुगेको नुवाकोट तादी गाउँपालीका -१  मा रहेको गंगादेवी प्राथमिक विद्यालयलाई पुनर्निर्माण सहयोगार्थ एक फन्ड राइज डिनरको आयोजना गरेको छ ।

आउँदो जुन ३०, आइतवारका साँझ  एडिन प्लेस अर्लउडमा  ( 356 Homer St. Earlwood) साँझ ५  बजे देखि हुने उक्त अर्थ संकलन डिनर कार्यक्रममा सहयोग शुल्क ( डिनर सहित ) १०० डलर तोकिएको छ ।  एनएएका अध्यक्ष डा. मधु पुडासैनीले नितान्त परोपकारी यस कार्यक्रममा सहभागी भइ बिगत देखि संस्थाले गर्दै आइरहेको यो पुनर्निर्माण कार्यमा सहभागी हुन सबै नेपाली दाजुभाइ दिदिबहिनिमा हार्दिक अनुरोध गरेका छन् ।  पुडासैनीका अनुसार उक्त भवन पुनर्निर्माणका लागि लायन्स क्लव अफ काठमाण्डौ संग सहकार्य गरिरहिएको छ र आहिले पाँचकोठे विद्यालयको भवन निमार्णको कार्य भइरहेको छ जसका लागि गएको बर्ष लायन्स क्लव, विद्यालय ब्यवस्थापन समिति र एनएए बीचको सम्झौतपछि ३१ हजार अस्ट्रेलियन डलरको सहयोग नेपाल पठाइएको थियो । उनका अनुसार हाल निमार्ण समग्रीमा आएको मुल्यबृद्दी लागाएत थप लागत बढेका कारण निर्माण कार्य सम्पन्न गर्न थप १० लाख नेपाली रुपैया आवश्यक परेकोले यो अर्थ संकलन कार्यक्रम गर्नु परेको हो।
यस फन्ड राइज डिनर कार्यक्रमलाई थप रमाइलो र स्मरणीय बनाउनका लागि स्थानीय प्रतिभाहरु बाट गित नृत्य लागायत बिबिध प्रस्तुतिहरु समेत रहेको आयोजक संस्था एनएएले जनाएको छ। कार्यक्रमको टिकट र अन्य जानकारीका लागि मधु पुडासैनीः०४२३ ०८४ २९७, ऋषि आचार्यः ०४५२ ४५१ ४८२, उमेश: ०४०४ ४५४ ४६८, नारायण: ०४१३ २३० ६९२ वा चुडामणि: ०४१३ १९३ ३५१  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।