एनआरएनए अस्ट्रेलिया निर्वाचन सम्पन्न : अध्यक्षमा केशब कंडेल बिजयी

हिजो ६ जुलाई शनिबार सम्पन्न एनआरएनए अस्ट्रेलियाको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोग, बर्तमान कार्य समिति, एनआरएनए अभियानताहरु तथा सम्बन्धित कार्यदलहरुको लामो समय देखिको अनवरत मेहनतले निर्वाचन भब्य, सभ्य र सहज रुपमा सम्पन्न भएको थियो ।
स्थानीय समय बिहान ८.३० बजेदेखि बेलुकी ५ बजेसम्म अस्ट्रेलियाका सबै राज्यहरुमा भएको चुनाबमा करिब ३४८ उम्मेदवारहरु मैदानमा थिए । मतदान प्रयोजनका लागि ११६१७ मतदाता रहेको एनआरएनए अस्ट्रेलियाको यसपटकको निर्वाचनमा कुल ८३६६ ( ७२%) मत खसेको निर्वाचन आयोगले जनाएको छ | एनआरएनएको बिधानले प्यानल बनाएर चुनाब लड्न नपाइने स्पष्ट व्यवस्था गरेपनि सधै झैँ यस पटकपनि प्राय सबै उम्मेदवारहरु ३ ओटा प्यानल मै आवद्ध थिए जो प्रत्यक्ष वा परोक्ष रुपमा प्रमूख राजनैतिक दलसंग नजिक देखिन्थे।
राष्ट्रिय पदाधिकारी र आइसीसी पदहरुमा केशब कंडेलले नेतृत्व गरेको प्रजातन्त्रवादी समूहले अधिकांश पदहरुमा विजय प्राप्त गरेको छ भने राज्यहरुमा पनि वेस्टर्न अस्ट्रेलिया बाहेक अन्य सबै राज्य हरुमा प्रजातन्त्रवादी समुहले नेतृत्व गरेको टिमले विजय प्राप्त गरेको छ । साझा र सबल एनआरएनए समूहका तर्फबाट नव निर्वाचित अध्यक्ष केशव कंडेलले समाबेसी टिमको नेतृत्व गरेका आफ्ना निकटतम प्रतिद्वन्दी दिनेश पोख्रेललाइ ३७५७ का बिरुद्ध ४१४८ मत प्राप्त गरि विजय हासिल गरेका छन् | राष्ट्रिय समन्वय समितिको पदाधिकारीमा समावेसी टिमबाट सचिब पदमा उषाकिरण बरिया विजयी भएकी छन् भने बाकि सबै पद हरुमा प्रजातन्त्रबादी केशब कंडेलको समुह बिजयी भएको छ ।
त्यसै गरि ७ सदस्सीय आइसीसी टिममा जम्मा १४ जनाको उम्मेद्वारी परेकोमा केशब कंडेलको टिमबाट राजु अधिकारी, छबि प्रसाद सापकोटा, दिपक शर्मा, अरुण कुमार ठाकुर, नारायण प्रसाद काफ्ले, र सन्तोष कुँवर गरे ६ जनाले जितेका छन भने समबेशि टिमबाट १ जना अशोक केसीले विजय प्राप्त गरेका छन् । एनआरएनएमा ८ उपध्यक्षहरुमा नर्थन टेरिटोरीवाट हेम पुन र तास्मेनियाबाट संदेश परियार निर्बिरोध निर्वाचित भएका छन् । अन्य ६ राज्यमा सम्पन्न निर्वाचनमा विजयी राज्य संयोजकहरुमा एनएसडब्लुबाट देव गुरुङ, भिक्टोरियाबाट प्रेम कंडेल, साउथ अस्ट्रेलियामा नबिन पन्त्त, वेस्ट अस्ट्रेलियाबाट कृष्णमान श्रेष्ठ, क्वीन्सल्याण्डबाट उमेश खड्का र एसीटिबाट चुडामणि सापकोटा छन् ।
एनआरएनएको बिधान अनुसार प्रत्येक राज्यसमितिका संयोजक राष्ट्रिय समन्वय समितिका उपाध्याक्ष हुनेछन् । एनआरएनए अस्ट्रेलियाका अन्य पधाधिकारीहरु महासचिबमा डक्टर ज्ञानेन्द्र रेग्मी, सचिबमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोख्रेल, सह कोषाध्यक्षमा लक्ष्मण गोपाली, युवा संयोजकमा इर्शाद अहमद छन् भने महिला फोरम (नारि निकुन्ज) मा सन्ध्या शाह निर्बिरोध निर्वाचित भएकि छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



