चौंध विधामा ‘एनआरएनए अवार्ड’ प्रदान गरिदै

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ४, २०७६
सिड्नी–गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले विभिन्न १४ विधामा एनआरएनए अवार्ड प्रदान गर्ने भएको छ । हरेक दुई बर्षमा प्रदान गरिदै आएको यो अवार्ड यसपटक आगामी अगष्ट १० तारिख मेलर्वनमा हुने एनआरएनएको साधारणसभाको अवसरमा वितरण गरिने एनआरएनएले जनाएको छ ।  अष्ट्रेलियामा रहेर नेपाली समुदायको बृहत्तर विकासका लागि योगदान दिने विभिन्न विधाका व्यक्तित्वहरुलाई यो अवार्ड प्रदान गर्ने परम्परा छ । जुलाई २२ सम्म प्राप्त सिफारिशका आधारमा अवार्ड कमिटीले योग्य व्यक्तिलाई सिफारिश गर्नुपर्ने हुन्छ । अवार्ड कमिटीका संयोजक गणेश केसीले प्राप्त सिफारिशहरुको गहन अध्ययन पछि निस्पक्ष ढँगले कमिटीबाट सर्वसम्मत रुपमा अवार्डका लागि योग्य व्यक्तिहरु छानिने जानकारी दिए ।
‘जुन १० देखि हामीले मनोनयन  खुल्ला गरेका थियौँ, आफुलाई योग्य लागेका व्यक्तिहरुलाई कारण सहित सिफारिश गर्नुपर्ने हुन्छ’, उनले भने ।  एनआरएनए अष्टे«लियाले १४ विधाका अतिरिक्त कमिटिको सिफारिशमा अध्यक्षले १० जनालाई ‘अस्ट्रेलिया प्रेसिडेन्ट अवार्ड’ प्रदान पनि गर्ने जनाएको छ ।  एनआएनएका अनुसार, विद्यार्थी अफ द इयर – १२ कक्षा(तह), विद्यार्थी अफ द इयर – युनिर्भसीटी तह, स्पोर्ट्स पर्सन अफ द इयर (१८ वर्षमाथिका), स्पोर्ट्स पर्सन अफ द इयर – (१८ वर्षमुनिका), कल्चरल एम्बास्डर अफ द इयर अवार्ड प्रदान गरिनेछ । त्यस्तै, अस्ट्रेलियन युथ पर्सन अफ द इयर, वुमन अफ द इयर,एनआरएनए अस्ट्रेलिया अफ द इयर, फ्रेन्ड्स अफ नेपाल अफ द इयर, बिजिनेस पर्सन अफ द इयर, कम्युनिटी सर्भिस पर्सन अफ द इयर, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन अफ द इयर र स्टेट पर्सन अफ द इयर अवार्ड रहेका छन् । अवार्ड छनौटका लागि विभिन्न विधाका प्रभुत्व व्यक्तित्वका साथै राज्यस्तरीय एनआरएनएका पदाधिकारीलाई समावेश गरिएको छ ।