मेरो उम्मेद्वारी रहन्नः भट्ट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
सिड्नी–गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भुवन भट्टले आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौँमा हुने विश्व सम्मेलनमा दोश्रो कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट फेसबुक मार्फत अध्यक्ष भट्टले संस्थालाई थप गति र उचाइ दिन नयाँ नेतृत्व जरुरी रहेको बताए । ‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु’ भट्टले भनेका छन्, ‘म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन ।’ नेतृत्वमा नरहेपनि  एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै रहने भट्टको भनाई छ ।
‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत रगतमा छ  जीवनपर्यन्त रहन्छ’ भट्टले भने ।   धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको भट्टले बताए ।  ‘मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु’, उनले उल्लेख गरेका छन्, ‘म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ ।’ आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र बहस भइरहेको बेला भट्टले यो घोषणासँगै नयाँ नेतृत्वका लागि विभिन्न आकाँक्षीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ ।