आजदेखि कक्षा–१२ को परीक्षा, देशभर ३ लाख ९० हजार परीक्षार्थी

काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् । यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए । परीक्षा वैशाख २६ गते सकिनेछ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...