आजदेखि कक्षा–१२ को परीक्षा, देशभर ३ लाख ९० हजार परीक्षार्थी

काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् । यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए । परीक्षा वैशाख २६ गते सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...