एनआरएनको क्षेत्रिय विश्वसम्मेलन अगष्ट २७ र २८ न्यूजर्सीमा हुँदै

गैरआवासीय नेपाली संघको क्षेत्रिय विश्व सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने भएको छ । एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका र एनआरएन आईसिसिका अमेरिकास्थित प्रतिनिधिको संयुक्त कन्फरेन्स कल बैठकले क्षेत्रिय सम्मेलनको बारेमा टुंगो लगाएको हो । सम्मेलनमा ७३ देशको प्रतिवेदनहरु, अन्तर्राष्टिय समन्वय परिषदको विभिन्न प्रतिवेदनहरुका साथै केहि विषयगत कार्यपत्रहरु प्रस्तुत हुनेछन । सम्मेलन नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भुमिकाको बारेमा छलफल केन्द्रित हुने एनआरएन अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामाले बताए । संयोजक लामाका अनुसार सम्मेलनमा सहभागीहरुका लागि आगामी हप्ताबाटै निमन्त्रणापत्र पठाउने कार्य प्रारम्भ हुनेछ । सम्मेलन न्यु जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुनेछ ।
कार्यक्रममा ७३ देशका कम्तीमा ३ सय प्रतिनिधिहरुले भाग लिने हुनाले सहभागीहरुका लागि बसोवासका लागि व्यवस्थापन गर्न र सबै एनसिसिहरुलाई आमन्त्रण पत्र पठाउने कार्य आगामी हप्ताबाट शुरु हुने र तयारीका लागि थप थुप्रै समितिहरु बनाएर बाँकी कामहरु शुरु हुनेछ । अमेरिका क्षेत्रका क्षेत्रिय सहसंयोजक एसी शेर्पाका अनुसार यो सम्मेलन एनआरएनका लागि नेपालमा भएका विश्वसम्मेलनपछिका कामहरुको मुल्यांकन र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा बृहत छलफल हुनेछ । भुकम्पपछिको पुर्ननिर्माणमा नेपाल सरकारले बढी प्रभावित घोषणा गरेको १६ जिल्लामध्ये केहि ४, ५ वटा जिल्लामा मात्रै पुर्ननिर्माण र राहातमा बढी फोकस गरिएको भन्दै भत्किएको घरहरुसंगै विद्यालय पुर्ननिर्माणमा पनि नेपाल सरकारले सबै प्रभावित क्षत्रमा महत्व दिनुपर्ने र त्यसमा एनआरएनको पनि भुमिका बढाउने विषयमा सो सम्मेलनमा छलफल हुने सहसंयोजक शेर्पाले बताए । विभिन्न दाताहरुबाट घर बनाउन बढी महत्व पाएको भन्दै पुर्ण रुपमा क्षति पुगेको ८ हजार विद्यालय निर्माणमा पनि सरकार र एनआरएनको उत्तिकै भुमिका हुनुपर्नेमा उनको जोड थियो । सो सम्मेलनमा नेपालको आर्थिक आय आर्जनको मुख्य आधार पर्यटन क्षेत्रको अन्तर्राष्टिय रुपमा प्रचारप्रसार गर्न विश्वभर रहेका र खास गरी अमेरिकामा रहेका पर्वतारोहीहरुलाई सहभागी हुन पनि सहसंयोजक शेर्पाले आव्हान गरेका छन ।
गैरआवासिय नेपाली संघका अमेरिका अध्यक्ष डा. केशव पौडेलले यो सम्मेलनले नेपालमा गतबर्ष गएको भुकम्पपछिको पुर्ननिर्माण, प्रवासमा नेपालीहरुको अवस्था र नेपालको विकासमा एनआरएनहरुको भुमिका लगायत महत्वपुर्ण विषयमा छलफल केन्द्रित हुने बताए । कार्यक्रममा महासचिवको प्रतिवेदन, विभिन्न विषयमा विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुत हुने छन । त्यसैगरी सो बैठकले नेपालमा हालै भएको आगलागीबाट पीडितहरुलाई सहयोग गर्न एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सहयोग संकलन समिति बनाई सहयोग संकलन गरिने भएको छ ।
बैठकले न्युयोर्कमा पहिलो पटक गर्न लागिएको ऐतिहासिक नेपाल डे परेडमा संस्थागत सहभागिता जनाउने निर्णय पनि गरेको छ । एनआरएनले हरेक एक कार्यकालमा एक पटक क्षेत्रिय सम्मेलन गर्ने गर्दछ । यस अघि सन् २०१० मा ह्युष्टनमा भएको थियो । एनआरएनको विश्वसम्मेलनले पारित गरेको कार्यदिशाको कार्यन्वयनको अवस्थाका बारेमा छलफल हुने भएकोले यसलाई मिनि विश्व सम्मेलनका हिसावले हेरिन्छ । यस्तो खालको क्षेत्रिय सम्मेलन एनआरएनले हरेक क्षेत्रमा पालैपालो गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



