प्रवासबाट मतदानको अधिकार माग गर्दै अमेरिकी दुतावासमा ज्ञापन पत्र

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६

 

अमेरिका, नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रवासमा रहेका नेपालीलाई नेपालको निर्वाचनमा मताधिकार गर्ने व्यवस्थाको माग गर्दै वासिगटन डिसीस्थित नेपाली दुतावासमा ज्ञापन पत्र बुझाएको छ ।

दुताबास पुगेको समितिको टोलिको रोहबरमा समितिका अध्यक्ष तथा नेपाली काँग्रैसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टले राजदुत डाक्टर अर्जुन कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा अध्यक्ष विष्टले यो ज्ञापन पत्रले संसारभर रहेका हरेक नेपालीले नेपालको सबै निर्वाचनमा मताधिकारको व्यवस्था गर्न नेपाल सरकारसंग माग गरेका थिए । ज्ञापन पत्र बुझेपछि राजदुत कार्कीले ज्ञापन पत्रलाई जस्ताको तस्तै नेपाल सरकार समक्ष पेश गर्ने प्रतिबद्दता ब्यक्त गर्दै प्रवासमा नेपालीहरुको सख्या दिनान’दिन बढी रहेको चर्चा गर्दै नेपाल सरकारले प्रवासको मताधिकारका विषयमा ढिलो चाडो व्यस्थापन गर्ने संभावना रहेको बताए । उनले कार्यक्रममा पछिल्लो समय सरकार स्वच्छाचारी ढंगले सन्चारलन भएकोमा चिन्ता गर्दै लोकतान्त्रिक म’ल्य मान्यताप्रति न्य’नतम् पनि व्यवहारिक नदेखिएकोमा चिन्ता व्यवत्तः गरे । कार्यक्रममा जनसम्पर्क समिति पदाधिकारीका साथै एनआरएनएका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति थियो ।
नेपालमा उपनिर्वाचनको सन्र्दभमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताई सकेका छन । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन भइरहेको जानकारी गराउँदै त्यसका लागि अनलाइन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिएका छन । । आयोगले बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्थाको प्रयोजन हुने अवस्था नरहेकाले सरकारले अन्य विकल्पको प्रयोगका लागि नयाँ कानुन बनाउनुपर्ने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यवधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराए। २१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिकको काम एक हप्ता भित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने पनि स्पष्ट पारे।

आगामी मंसिर १४ गते प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तर्गत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ।