एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा, छानवीन समितिद्धारा आईसिसिलाई प्रतिवेदन पेश

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६

अमेरिका- गैरआवासिय नेपाली संघ अमेरिकाले आगामी आईसिसि निर्वाचनका लागि छनौट गरिएका प्रतिनिधि छनौट प्रक्रिया आईसिसिको मापदण्ड अनुसार नभएको भन्दै विवादमा परेको छ।

एनआरएन अमेरिकाले वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा गठित प्रतिनिधि छनौट समितिले अन्तिम नामावली सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। समितिले तेश्रो लिष्ट सार्वजनिक गरेसंगै कार्यसमितिका १३ सदस्यद्धारा नामावली सच्याउन माग गर्दै आईसिसिमा प्रतिनिधि छनौट प्रक्रियामा मापदण्ड मिचेको, कार्य समितिलाई बाईपास गरिएको, नामावली कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने माग राख्दै निवेदन दिएका थिए।

निवेदनलगत्तै क्षेत्रिय संयोजक गौरी जोशीले प्रकाश सापकोटाको संयोजकत्वमा नामावली पुर्नमूल्यांकन गरी मापदण्ड पुगेको तर छुटेका व्यक्तिहरुको नामावली तयार गर्न एक समिति गठन गरेका छन्। आईसिसिमा उजुरी दिएकामध्ये सचिव अमृत कट्टेलले दिएको जानकारी अनुसार आजै सम्पन्न एनसिसि बैठकमा प्रतिनिधि छनौटका विषयमा अध्यक्ष सुनिल शाहले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नगर्ने बताए पनि प्रतिनिधि लिष्ट सच्याउन भने ईन्कार गरेका छन्। कार्यसमितिमा बहुमत सदस्य प्रतिनिधि नामावली सच्याउनुपर्ने पक्षमा रहेका छन्। उता एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहले प्रतिनिधि छनौटको विषयमा विवाद भएको आफुलाई कुनै आधिकारिक जानकारी नभएको बताए। प्रतिनिधि छनौट गर्दा आईसिसिको मापदण्ड किन पुरा गर्न सकिएन भन्ने प्रश्नमा उनले भने आईसिसिले भनेको मापदण्ड अक्षरस पालना गर्न सकिने अवस्था थिएन र सकिन्न पनि त्यसैले एनसिसिले दिएको मापदण्ड र एनसिसिमा योगदान दिएका व्यक्तिहरुको आधारमा छनौट गरिएको दावी गरे।

विवाद उत्पन्न भएपछि निरुपण गर्न अग्रसर क्षेत्रिय संयोजक जोशीले नागरिकसंग भने लिष्ट सार्वजनिक भएपछि कार्यसमितिभित्र र बाहिरबाट असन्तुष्टिसंगै व्यापक उजुरीहरु परेपछि समिति गठन गरिएको र सो समितिले दिएको प्रतिवेदन अनुसार सार्वजनिक लिष्ट संशोधन हुने र त्यहि लिष्ट आईसिसिबाट मान्यता पाउने बताए। आईसिसि महासचिव डा बद्री केसिले पनि आईसिसिले विधानत क्षेत्रिय संयोजकहरुको हस्ताक्षर विनाका कुनै पनि एनसिसिहरुको प्रतिनिधि नामावली आईसिसिले स्वीकार गर्न नसक्ने बताए। उनले भने कुनै पनि एनसिसिमा विवाद होस् वा नहोस् क्षेत्रिय संयोजकहरुले हस्ताक्षर गरेर दिने प्रतिनिधिहरुको नामावली नै आधिकारिक र अन्तिम हुनेछ। विधानमा पनि केन्द्रिय प्रतिनिधिहरुको नामावली सम्बन्धित एनसिसिले क्षेत्रीय संयोजकहरुमार्फत आईसिसिमा बुझाउने पर्ने प्रावधान रहेको छ। तर एनसिसि अमेरिकाले क्षेत्रिय संयोजकलाई जानकारीसम्म नदिएर प्रतिनिधिहरुको नामावली आईसिसिमा पठाएपछि विवाद बढेको बताइएको छ।

विवाद समाधान गर्न गठित समितिका संयोजक सापकोटाले अक्टोबर ३ तारिकभित्र आफुले पाएको जिम्मेबारी अनुसार नामावली संकलन गर्ने प्रक्रिया छानवीन समितिद्धारा आईसिसिलाई प्रतिवेदन पेश गरिएको संयोजक सापकोटाले  बताए।

आईसिसिको विभिन्न समितिमा लामो समयदेखि काम गरेका व्यक्तिहरु प्रतिनिधिको लिष्टमा छुटेर नयाँ तथा आईसिसि र एनसिसिमा खासै योगदान नदिएका व्यक्तिहरु परेका छन्।

छानवीन समितिद्धारा आईसिसिलाई प्रतिवेदन पेश गरिएको प्रतिवेदनको पुरा विवरण तल प्रस्तुत गरिएको छ ।

 

आगामी अक्टोवर १५-१७ काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकाको तर्फबाट सहभागी हुन एनआरएनए, एनसिसी अमेरिकाले अन्तिम नामावली (प्रथम लिस्ट, दोस्रो लिस्ट, र तेस्रो लिस्ट) प्रकाशित गरीसक्को अवस्थामा अन्तराष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको मापदण्ड र राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियामावाली २०१९ को धारा ७.२ अनुसार प्रतिनिधि छनौटमा अन्तराष्ट्रिय समन्वय परिषदको नियमावली विपरित छुट्नु भएका प्रतिनिधिहरुले २४ घण्टा भित्र आफु प्राथमिकतामा पर्नुपर्ने आधार तथा योग्यता सहित आफ्नो विवरण पेश गर्न गरिएको अनुरोधमा ४९ सदस्यहरुबाट निवेदन परी आएको र हाम्रो छानबिनको आधारमा निवेदकहरुको अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा गरेको योगदान र अन्तराष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको मापदण्ड र राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियामावाली २०१९ को धारा ७.२ अनुसार गैर आवासीय नेपाली संघको बिभिन्न अभियानमा सकृया भूमिका निर्बाह गरेको भए पनि प्रतिनिधिमा समाबेश नपरेको देखिन आएकोले सोही नियमावली बमोजिम योग्यताको आधारमा प्रतिनिधि समाबेश गर्न क्षेत्रीय संयोजकज्यूलाई सिफरिश गर्दछौ ।

एनआरएनएको विश्व सम्मेलनमा प्रतिनिधि हुनबाट बन्चित नगरियोस भनी निबेदन दिनुहुने सदस्यहरुको विवरण यस प्रकार छ :

  1. Bindu Niraula NCC Executive Member 2017-2019
  2. Uttam Lamichhane Co-Chair- Nepali Product Promotion 2017-2019
  3. Keshav Lamichhane Co-Chair – Tourism Promotion 2017-2019
  4. Purna Bania Co-chair -Ujjyalo Nepal 2017-2019
  5. Bhola Acharya MIS – Advisor 2017-2019
  6. Purushottam Bohara Co-Chair- Sports & Youth 2017-2019
  7. Binod Bhatta Co-Chair – Foreign Employment & Migrant Worker 2017-2019
  8. Rambabu Pandey Ujjyalo Nepal/Past Chapter President 2017-2019
  9. Dipak Ghimire Shankha Mul Project 2017-2019
  10. Aisha Ojha 2ND Generation 2017-2019
  11. Bhim B Karki CNC 2017-2019
  12. Yamuna Bhattarai Ujyalo Nepal 2017-2019
  13. Bhuwan Adhikari Foreign Employment 2017-2019
  14. Tulasi Chaulagain Ujyalo Nepal 2017-2019
  15. Durgesh Karki Social Enterprise 2017-2019
  16. Suresh Koirala Culture Heritage 2017-2019
  17. Vishnu Rana Magar Past Chapter VP 2017-2019
  18. Arun Chhetri NY Chapter Member 2019-2021
  19. Biond Kuikel Texas Chapter Board Member 2019-2021
  20. Bhanu Kharel Past Chapter President 2017-2019
  21. Anjan Shrestha Promotion of Investment In Nepal 2011-2013
  22. Rabin Bajracharya Tourism Promotion 2015-2017
  23. Gautam Dahal Media Coordinator 2011-2013
  24. Bishnu Baral Chapter Secretary – MD 2017-2019
  25. Rajya Karmacharya Shrestha NY Chapter Women Coordinator 2017-2019
  26. Anup Khanal MD Chapter Board Member 2017-2019
  27. Narayn Puri Cultural Committee/NCC USA 2017-2019
  28. Prashanna Sangroula Life Member
  29. Gokul Dhakal Life Member
  30. Pritam Kushiyat Life Member
  31. Yagya Lal Shrestha Life Member
  32. Santosh Lamichhane Life Member
  33. Gopal Bishwokarma General Member 2017-2019
  34. Padam BK General Member 2017-2019
  35. Shailesh Acharya General Member 2017-2019

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदमा निबेदन गर्न छुटेका सदस्यहरु:

  1. Prem Adhikari Council Member 2017-2019
  2. Shisheer Bhatta Tourism/Blood Transfusion/Health- Co-Chair 2017-2019
  3. Kapil Adhikari Co-Cair- NRNA Foundation 2017-2019
  4. Surya Lamsal Co-Chair Skill Training 2017-2019
  5. Shanti Poudyal MIS 2017-2019
  6. Kunti Thapa NRNA Migrant Worker 2017-2019
  7. Tilak Bhandari Agriculture Promotion 2017-2019
  8. Tritha BK 2nd Generation 2017-2019
  9. Mahendra Basnet Past Chapter President – Iowa 2017-2019
  10. Purushottam Dhakal CNC 2015-2017
  11. Chandra Lama NCC Sports Committee 2017-2019
  12. Dhruv K Jha Life Member
  13. Tenzing K Ukyab Life Member
  14. Basudev Ghimire Life Member