सविधान कार्यन्वयनमा सरकार गंभीर नहुँदा संघीयता अफ्ठ्यारोमाः काँग्रेस नेता सिंह

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : आइतवार, मंसिर १, २०७६

अमेरिका, नेपाली काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले सरकारले सविधान कार्यन्वयन गर्न आनाकानी गरेकोले सघियता कार्यन्वयनमा बाधा उत्पन्न भएको बताएका छन् । अमेरिका भ्रमणमा आएका नेता सिंहले जनसम्पर्क समितिद्धारा टेक्सासमा आयोजित कार्यक्रममा सविधान कार्यन्वयन गर्न केन्द्रित हुनुपर्नेमा समयमा सत्ता राजनीतिमा केन्द्रित भएकोले देश संकटमा फस्दै गएको दावी गरे । सविधान निर्माणपछिको सरकारले कार्यतालिका निर्माण गरेर सविधानमा उल्लेख भएका विषयमा ऐन नियम बनाउन प्राथमिकता दिनु पर्नेमा सरकार चलाउनमात्रै ध्यान दिएका छ , जसले गर्दा सविधानले दिएको अधिकारलाई गाँउ गाउँमा पुर्याउनुको साटो सिंहदरबारमा केन्द्रित गर्ने काम भएकोमा असन्तुष्ट व्यक्त गरे । सरकारको नियत हेर्दा सघियता कार्यन्वयवन नगर्ने र गाउँलाई दिने अधिकार सिहंदरबारमा सीमित गरेको आरोप लगाए । ऐन कानुन निर्माण र सविधान कार्यन्वयन नगराउँदा जनताको बलिदानीबाट स्थापित सघियता खतरामा परेको बताए । नेता सिंहले सीमा सुरक्षको विषयमा कुटनीतिक पहल गनुृपर्ने बताउँदै सरकारको लाचारीपनले जनता सडकमा आएको बताए ।

गणेशमान सिंह प्रतिष्ठानद्धारा जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको १०५ औ जन्मजयन्तिको अबरसरमा जीवनीमा आधारित फिल्म फिल्म प्रर्दशन गरिएको थियो । राणा शासनको अन्त्यका लागि सिहको योगदानमा आधारित सो फिल्म अमेरिकाको विभिन्न ५ राज्यहरुमा देखाउने र लोकतन्त्र प्राप्तिमा काँग्रेसको योगदानको स्मरण गराउने लक्ष्य अनुरुप आएको राजुराज जोशीले बताए । जोशीको अनुसार यस फिल्म विश्वभर नेपाली रहेका देशहरुमा प्रर्दशनी गरिने योजना रहेको छ ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य तथा एनआरएनएका सल्लहाकार हरिबोल भण्डारीले नेपाली काँंग्रेसको नेतृत्वमा बनेको सविधानको कार्यन्वन गर्न र प्राप्त उपलब्धिको संरक्षण गर्न कांग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै गणेशमान सिंहले छोडेर जानु भएको नासो त्याग र समर्पणलाई काँग्रेसका प्रत्येक नेता र कार्यकर्ताले अनुसरण गर्नु पर्नेमा जोड दिनु भयो । बीर गणेशमान नाम दिइएको चलचित्रको समिक्षा गर्दै बरिष्ठ फिल्म निर्देशक नारायण पुरीले ऐतिहासिक फिल्म भएकोले काँग्रेसले मात्रै नभै हरेक नेपालीले हेर्न आवश्यक भएको बताउँदै यो लोकतन्त्रको सम्पतिको रुपमा संरक्षण गर्न सुझाए । कार्यक्रममा जनसम्पर्क समिति फोर्थवर्थ च्याप्टरका ज्ञानेन्द्र कार्की, दिनेश शर्माले मन्तव्य दिएका थिए । कोही कार्यक्रममा एनआरएनबाट आईसिसिमा अमेरिका क्षेत्रबाट निर्वार्चित गौरी जोशी, उमा कार्की,थापा, र राम पा्ख्रेललाई सम्मान गरिएको थियो ।