यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुखसहित ३८ जनाविरुद्ध मुद्दा दायर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुखसहित ३८ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

२०६९ वैशाख, जेठ र असार महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका एकहजार दुईसय ८४ जनाको नतिजा गैरकानूनी लाभ पुर्याउने बदनियतले फेल भएकालाई पास बनाई सवारी चालक अनुमतिपत्र जारी गरेको दाबी गर्दै अख्तियारले तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले हाल अवकासप्राप्त इन्जिनियर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, हाल अवकास प्राप्त शाखा अधिकृत राममणी पोखरेल, हाल निलम्बित शाखा अधिकृत ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलियालगायतका विरुद्धमा मुद्दा दायर गरेको छ ।