प्रधानमन्त्री ओलीको चौथो पटक डायलासिस

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलासिस गरिएको छ । उनको आइतबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको हो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएको जानकारी दिइन् ।
११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो ।
उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।
चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ ।
त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पुर्याउँछ । क्रियाटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनाउनु हो । अधिकांश एन्टिबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...