झापा समाज अष्ट्रेलियाको चौथो बार्षिक साधारण सभा सम्पन्न 

उमेश पोखरेलकोअध्यक्षतामा नयाँ कार्य समितिको चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६

नेपालको झापा जिल्लाबाट अष्ट्रेलिया आइ बिभिन्न पेशा ब्यबसाय अंगालेर बसोबास गर्दै आइरहेका झापालीहरु को साझा संस्था झापाली समाज अष्ट्रेलियाको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले उमेश पोखरेलको अध्यक्षता आउँदो कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

साधारण सभा समापन र नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्ने उदेश्यले गत नोभेम्बर २४ साँझ सम्पन्न कार्यक्रमबाट नब निर्बाचित कार्यसमितिले बिधिबत कार्यभार ग्रहण गरेको छ । नब निर्बाचित अध्यक्ष उमेश पोखरेलको नेतृत्वको कार्य समितिमा उपाध्यक्षमा अशोक ओली, महासचिवमा अशोक उप्रेती, सचिवमा मदन धोराली र कोषाध्यक्षमा नविन थपलिया चयन भएका छन् । यसै गरि कार्यसमितिका सदस्यहरुमा अमित श्रेष्ठ, मोनिका भण्डारी, प्रज्ञान श्रेष्ठ, राज कुमार गोश्वामी र सागर पराजुली सर्बसम्मत चुनिएका छन् ।

नब निर्बाचित कार्यसमितिका पदाधिकारीहरु लाई कार्यभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम महेश दाहालले खादा लगाएर स्वागत गरेका थिए । राजदुत दाहालले प्रबासमा रहेर देशको लागि कुनै न कुनै रुपमा योगदान गर्ने सबैको प्रसंसा गर्दै यस्ता कार्यको निरन्तरताका लागि झापालाई समाज अष्ट्रेलिया र नवनिर्बाचित सबै कार्यसमितिका सदस्यहरु शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रममा झापाली समाजको तर्फबाट पनि राजदुत दाहाललाई सम्मान गरिएको थियो ।

यसै गरि कार्यक्रममा एनएसडब्लुका लागि नेपाली महाबाणिज्यदुत दिपक खडका, अन्तराष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोख्रेल, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ लगाएत एनआरएनएका  पदाधिकारीहरु को उपस्थिति थियो । उपस्थित अतिथिहरुले बिगतमा झापाली समाज अष्ट्रेलियाले गरेका बिबिध कार्यहरुको प्रंशस गर्दै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।