प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको बताईएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।