भारत रंग महोत्सव थिएटर फेस्टिवलमा दुई नेपाली नाटक

काठमाडौं- भारतको नयाँ दिल्लीमा अर्को महिना आयोजना हुने ‘भारत रंग महोत्सव थिएटर फेस्टिवल-२०२०’ मा दुई नेपाली नाटकहरु मञ्चन हुने भएका छन् ।
सुशीला आर्ट्स एकेडेमीले उत्पादन गरेको नाटक ‘कुमारी एण्ड द बिस्ट’ तथा मण्डला थिएटरको नाटक ‘महा भोज’ उक्त महोत्सवमा मञ्चन हुनका लागि छनोट भएका हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुशीला आर्ट्स एकेडेमीकी निर्देशक यूलिया कोइरालाले भारतको नयाँ दिल्लीमा आयोजना हुने भारत रंग महोत्सव थिएटर फेस्टिवलमा मञ्चन हुनका लागि आफ्नो एकेडेमीको नाटक छनोट हुनु आफैंमा ठूलो उपलब्धि भएको बताएकी छिन् ।
एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त महोत्सवमा मञ्चन हुने नाटकका कलाकार तथा निर्देशकहरुको परिचय गराइएको थियो ।
नयाँ दिल्लीमा रहेको नेशनल स्कुल अफ ड्रामामा आयोजना हुने महोत्सवमा ७१ वटा अन्तर्राष्ट्रिय नाटकले मञ्चनको निवेदन दिए पनि केवल १० वटा मात्र छनोट भएको बताइन्छ । तीमध्ये दुईवटा नेपाली नाटक परेका हुन् ।
‘कुमारी एण्ड द द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ ।
‘महाभोज नाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंम मञ्तन रिसकेको छ ।
‘कुमारी एण्ड द द बिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित रहेको छ । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् ।
यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...