कास्की २ मा विद्या भट्टराई निर्वाचित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६

पोखरा-  कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।