उपनिर्वाचन : नेकपा ३०, नेका १३
काठमाडौं- उपनिर्वाचनको समग्र नतिजामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएका छन् ।
प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह गरी ३७ जिल्लाका ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नेकपाले एक प्रतिनिधिसभा, एक प्रदेशसभा, तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३० स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्यसहित १३ पदमा जित हासिल गरेको छ भने समाजवादी पार्टीले चार, राष्ट्रिय जनता पार्टीले तीन, स्वतन्त्र एक र जनमोर्चाले एक पद हात पारेका छन् ।
बागलुङमा नेकपाको समर्थनमा जनमोर्चाले एक प्रदेशसभामा जित प्राप्त गरेको हो ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेकपाका विद्या भट्टराई निर्वाचित हुनुभएको छ। प्रदेश सभा सदस्यहरूमा भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) कांग्रेसका कृष्णलाल भडेल, बाग्लुङ निर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चाका खिमविक्रम शाही तथा दाङ निर्वाचन क्षेत्र ३ (२) मा नेकपाका विमलाकुमारी खत्री निर्वाचित हुनुभएको छ ।
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...