बाग्लुङमा जीप खस्दा १४ को मृत्यु

बाग्लुङ- बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो ।
इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिएका छन् ।
मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ । खड्काअनुसार घटनामा परी तीन जना घाइते भएका छन् ।
प्रहरी निरीक्षक खड्काका अनुसार एक जना बेपत्ता छन्, जसको खोजि भैरहेको छ ।
जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...