कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर २९, २०७६

सिन्धुपाल्चोक – दोलखाको कालिञ्चाेकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।

कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।

उद्धारकार्य जारी रहेकाले सम्पूर्ण घटनाको यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।