कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक – दोलखाको कालिञ्चाेकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।
कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।
उद्धारकार्य जारी रहेकाले सम्पूर्ण घटनाको यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...