विद्या भट्टराई संसद् प्रवेश

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद् सचिवालयमा मंगलबार उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
गत मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भट्टराई कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । शपथपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्ने बताउनुभयो ।
उहाँले नीति निर्माण र विकास निर्माण बारे जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन पछि उक्त क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।
शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, संघीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव लगायतको सहभागिता रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...