उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
काठमाडौँ- सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा हिजोदेखि शुरु भएको छ ।
प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।
नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ ।
सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभएको हो । यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिनुभएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ ।
उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उहाँलाई राजीनामा गराएर अर्को सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ ।
बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पु¥याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन आजदेखि शुरु हुने गरी आह्वान गर्नुभएको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...