ओसियाना नेपाली स्पोर्ट्स मीट पाँचौ संस्करण क्यानबेरामा हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २, २०७६
अष्ट्रेलिया र ओसियाना क्षेत्रका देशहरु कै नेपाली समुदायलाई खेलको माध्यमले जोड्दै आइरहेको र बिगतमा नेप्लिज रिक्रियसन क्लब (एनआरसी ) ले संचालन गर्दै आइरहेको अष्ट्रेलिया ब्यापी खेल प्रतियोगिताहरु लाई अझ फराकिलो पार्दै गत बर्षबाट सुरु गरेको ओसियाना भरि कै देशहरुमा रहेका खेल प्रेमीहरु बीच सुरु भएको ओसियाना नेपाली स्पोर्ट्स मीट २०२० को आयोजना यस बर्ष क्यानबेरामा हुदैछ। यस भन्दा अगाडी अष्ट्रेलिया भित्र ३ वटा र ओसियाना ब्यापी एक सफल प्रतियोगिताहरु सम्पन्न पस्चात अब हुने  ओसियाना ब्यापी प्रतियोगिता पाँचौ संस्करण हुने पनि आयोजकले जनाएको छ ।
आउँदो १० अप्रिल शुक्रवार देखि १३ अप्रिल सोमवार सम्म क्यानबेरामा आयोजना हुदै गरेको यस पाँचौ संस्करण अष्ट्रेलियानेपाल फ्रेन्डशिप सोसाइटिको संयोजन अनि गैर आवासीय नेपाली संघ  (अष्ट्रेलियन क्यापिटल टेरिटोरि राज्य संयोजन समिति), क्यान्वेरा नेपाली क्रिकेट क्लब, क्यान्वेरा नेपाली भलिबल क्लब तथा यस भेगका स्थानिय संघ संस्थाहरु को सहायोगमा हुन लागेको पनि आयोजकले एक प्रेस बिज्ञप्ति जारि गरि जनाएको छ। आयोजकले यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न अष्ट्रेलिया र निउजिल्याण्डका विभिन्न व्यवसाय र ब्यबसायीहरु बाट आर्थिक एबम अन्य बिबिध सहयोगको अपेक्षा गरिएको बताएको छ ।
बिगतमा जस्तै यस पटक पनि नेपाल फ्रेन्डशिप सोसाइटी क्यान्वेरा (ANFS), नेप्लिज रिक्रियसनल क्लब (NRC), नेप्लिज एसोसियसन अफ भिक्टोरिया (NAV), नेप्लिज एसोसियसन अफ क्विन्सल्याण्ड (NAQ), एडेलाइड नेप्लिज क्रिकेट एसोसियसन (ANCA), नेप्लिज एसोसियसन अफनर्दन टेरिटोरी (NANT), नेप्लिज सोसाइटी अफ तास्मानिया (NEST), नेप्लिज एसोसियसन अफ वेस्टर्नअष्ट्रेलिया (NAWA) र नेप्लिज एसोसियसन इन बिओपि(NABOP)  निउजिल्याण्ड यसै गरि नेपाली दुतावास क्यान्वेरा, गैरआवाशिय नेपाली संघअष्ट्रेलिया, अष्ट्रेलिया नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसियसन, फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन लागाएत अष्ट्रेलिया र निउजिल्याण्ड स्थित संघ संस्था र व्यक्तित्वहरु बाट प्राप्त निरन्तर सहयोगको अपेक्षा गर्दै सबैलाई सहभागिताको लागि अनुरोध गरिएको छ।
पाँचौ ओसियाना नेपाली स्पोर्ट्स मीट २०२० मा सहभागिता र अन्य जनाकारीका लागि अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा डा.दुर्गा दत्त कंडेल- (+61) 0430273143, चुडामणि  सापकोटा(ज्ञानु)- (+61) 0433535762, खुस्बु न्यौपाने- (+61) 0413065517,  न्यु साउथ वेल्समा बिष्णु हमाल-  (+61) 0412550725, जविन श्रेष्ठ- (+61) 0422389215, भिक्टोरियामा जोग लिम्बु- (+61) 0433725749, मधु पोख्रेल- (+61) 0422220512, तारा गैरे- (+61) 0433175232 क्विन्सल्याण्डमा हरि खड्का- (+61) 0421450811, अभिमन्यु के. सी.- (+61) 0434956597, अमृत पौडेल- (+61) 0415368644, साउथ अष्ट्रेलियामा सन्तोष जे.अधिकारी- (+61) 0412611135, सुपकअधिका- (+61) 0415612559 तास्मनियामा पुनम पन्त- (+61) 0401890495, प्रकाश उप्रेती- (+61) 0458484920 वेस्टर्न अष्ट्रेलियामा दावा शेर्पा- (+61) 0407080626, दिपक बस्ने- (+61) 0430925597, डा.मणि नाथ पनेरु- (+61) 0431371336 नर्दन टेरिटोरीमा हेम पुन- (+61) 0405060754, सुबाश पोख्रेल- (+61) 043227750 त्यसै गरि निउजिल्याण्डमा केश गुरुङ- +64 272315045 दिनेश खड्का- +64 272908036 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।