‘एनएडिएफ’ को साधारण सभाको लागि कांग्रेस नेताहरु सिड्नीमा

विचार गोष्ठी भोलि १८ जनवरी सांझ ६ बजेबाट इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६
बिगत दुइ दशक देखि सिड्नीको नेपाली समुदायमा सक्रिय नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरोम (एनएडिएफ) ले आफ्नो दशौ बार्षिक साधारण सभा विचार गोष्ठीका साथ मनाउदै छ । १८ जनवरी शनिवार साँझ ६ बजे बाट इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा हुने उक्त साधारण सभा र विचार गोष्ठीका लागि नेपालबाट नेपाल सरकारका पुर्ब मन्त्रीहरु एबं  नेपालि कांग्रेसका नेताद्वय डा. नरायण खड्का तथा एन. पी. सावद अष्ट्रेलिया आउने संस्थाका सचिब तथा जनसम्पर्क समिती अष्ट्रेलिया एनएसडब्लुका अध्यक्ष इथान शाक्यले बताए । शाक्यले दशौं साधारण सभा संस्थाको लागि आफैमा महत्व त छदै छ त्यसको आलावा संस्थाले गर्न लागेको ‘नेपालमा लोकतन्त्र र सम्बृद्दी’ बिषयक बिचार गोष्ठी यहाँ रहने सबैको लागि महत्वपूर्ण अन्तरक्रिया हुने बताए । देशको बर्तमान परिस्थित संग नजिक रहेर हुने यस विचार गोष्ठीमा सहभागी हुनका लागि पनि संस्थाले सबैमा अनुरोध गरेको छ । नेताद्वयको अलावा कार्यक्रममा नेपाल किसन संघका केन्नेद्बिरिय अध्यक्ष भानु भक्त सिग्देल, नेपाल बिधार्थी  संघका पूर्ब महामन्त्री सरोज थापा र बरिष्ठ पत्रकारहरू हरिहर बिरही र कबिर राणाको पनि कार्यक्रममा सहभागिता रहने छ ।
दशौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि संस्थालाई नयाँ नेतृत्व पनि दिनेछ ।  साधारण सभा निर्बाचन समितिका प्रमुख एबं संस्थाका पुर्ब अध्यक्ष सुरेन्द्र सिग्देलका अनुसार नयाँ नेतृत्व छान्ने कार्यक्रम साधारण सभाको बन्द सत्रमा हुनेछ। सिग्देलले अगाडी भने ‘संस्थाको गरिमा र लामो समय सँस्था संग आबद्द साथीहरु नै आगामी दिनमा नेतृत्वको लागि तयारिमा हुनु हुन्छ ।  केहि पदहरु मा एक भन्दा बढी इच्छुक साथीहरु भएका कारण प्रजातान्त्रिक प्रक्रियामा गई नेतृत्व छान्ने परिस्थिति पनि आउन सक्छ यसको लागि आफु लागएत निर्बाचन समितिका साथीहरु तयारी अवस्थामा छौं’ । संस्थाको साधारण सभाको घोषणा सभा एबं  विचार गोष्ठीमा सहभागिताको लागि पनि सिग्देलले संस्थाको तर्फबाट सबै दाजु/भाइ, दिदि/बैनीहरु मा अनुरोध गरेका छन्। 
(थप जनाकारी माथिको फ्ल्यारमा )