सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना
सिन्धुली- सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १४ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जन्ती लिएर जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप सिदुरगाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी गम्भीर घाइते भएका हुन् । घाईतेहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।
दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनले जानकारी दिए। दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोट र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...