सिडनीमा थारु समुदायले हर्षउल्लासका साथ माघी मनाए 

(फोटो फिचर )
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, माघ ५, २०७६
नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा अगस्त २०१८  गठन भएको थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले आफ्ना कला संस्कृति र बिबिधतालाई प्रबासी भूमिमा पर्दर्शन गर्दै हर्षउल्लासका साथ गत जनवरी १५ बुधवार (माघ १ गते ) माघे सक्रान्ति कै दिन परेर माघी पर्ब मनाएको छ।  गत साल भन्दा अझ परिष्कृत तरिकाले सम्पन्न दोश्रो माघी पर्ब संस्थाका अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। सोफ़िया चौधरी, मनोरमा चौधरी तथा रिंकु चौधरीले निक्कै रमाइलोका साथ संचालन गरेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार रामेश्वर चौधरीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने अर्का सल्लाहकार दुर्गानन्द चौधरीले अतिथिहरु लाई पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
       
कार्यक्रममा नेपालबाट आउनु भएका थारु समुदाय कै बरिष्ठ व्यक्तित्व  शिव प्रसाद चौधरीलाई  प्रमुख अतिथिको रुपमा सम्मान गरिएको थियो भने अन्य अतिथिमा नेपाल किसन संघका केन्द्रिय अध्यक्ष भानु सिग्देल, एनआरएनएका उपाध्यक्ष देब गुरुङ, प्रबक्ता नन्द गुरूङ, राष्ट्रिय युवा संयोजक इर्शाद अहमद, निन्फाका कर्ण राजबंशी, चित्र तुम्बाहाम्फे तथा लक्ष्मण गुरुङ, नेपाली जनसम्पर्क समिति एनएसडब्लुका इथान शाक्य, गुठि अष्ट्रेलियाका शिब श्रेष्ठ, किराँत खाम्बु राई सोसाईटीका सन्तोष थुलुङ्ग राई, किरात याक्थुंग चुम्लुङ्ग अष्ट्रेलियाका सशी सुब्बा, मगर समाजका अनिल थापा मगर तथा सुदर्शन थापा मगर, झापाली समाजका उमेश पोखरेल, गोर्खा नेप्लिज कम्युनिटीका जितमान गुरुगं लागएतका समुदायका अगुवाहरु को उपस्थिति थियो। यसै गरि कार्यक्रममा नेपालबाट आउनु भएका थारु वेलफेर सोसाइटिका क्षेत्रीय प्रबक्ता कृष्ण चौधरी, चितवनका पुर्ब शिक्षक रामानन्द प्रसाद महतो एबं सिड्नीका समाज सेवी एबं ब्यबसायीहरु सन्जिब शर्मा, डिला खरेल, प्रज्वल भट्टराई, समिर श्रेष्ठ, रेखा अधिकारि, बिनोद पौडेल, लक्ष्मण सापकोटा, हरि अधिकारी, दिनेश पोख्रेल, महेश प्रसाई, कन्चन पोख्रेल, सुरेन्द्र सापकोटा, महेन्द्र श्रेष्ठ, केशब जोशी, गजेन्द्र राज पियक , संचारकर्मी मनऋषि धिताल लगायतका व्यक्तित्वहरु को पनि उपस्थिति थियो।
स्थानीय थारु समुदायका सदस्यहरुको थारु कला संस्कृति झल्कने भेषभूषा सहितका बिभिन्न संस्कृतिक प्रस्तुतिहरु ले कार्यक्रमको आकर्षण थपेको थियो भने उपस्थितहरु ले सबै प्रस्तुतिहरु निकै चाख मानेर हेरेका थिए। कार्यक्रमको बिल्कुलै नयाँ प्रस्तुति थारु लठ्ठी नाच र पूर्व देखि पश्चिम सबै ठाउँका थारूले लगाऊने पहिरनका प्रदर्शनीले कार्यक्रममा थप आकर्षण प्रदान गरेको थियो।  बिभिन्न परम्परागत परिकारहरु तथा छ्याङ समेतको व्यवस्था गरिएको कार्यक्रममा सिड्नीका प्रख्यात नेपाली डिजे नटकेसले टेम्पि पार्क नै संगीतमय बनाएका थिए ।
सोसाइटीका पव्लिक अफिसर अरून आर्यन चौधरीका अनुसार अष्ट्रेलियामा विगत केहि हप्ता देखि लागि रहेको डढेलो र यसलाई निभाउन खटेका फायर फाइटरहरु लाई सहयोग गर्ने उदेश्यले  उक्त कार्यक्रममा सहयोग संकलन समेत गरिएको थियो। संकलित रकम सोसाइटीले छिट्टै हस्तान्तरण पनि गर्नेछ।  कार्यक्रमको अन्त्यमा सोसाइटिका अध्यक्ष दिप नारायण चौधरीले कार्यक्रम सफल बनाउन हर तरिकाबाट सहयोग गर्ने सबै प्रति र उपस्थिति सबैलाई धान्यबाद दिदै केहि गल्ति कमजोरी भएका भए सुझाब सहित आउने बर्षहरु मा अझ ब्यबस्थित कार्यक्रम गर्न सहयोग पुराईदिनु हुन पनि अनुरोध गरेका थिए।
(फोटो: अरुण चौधरी )