क्यानडामा नेपाली चेली सारा मिसेस साउथ एसियामा प्रतिस्पर्धा गर्दै

एक जना नेपाली चेली यतिखेर क्यानडाको टोरोन्टोमा हुन गैरहेको मिसेस साउथ एसिया क्यानडा प्रतियोगितामा सहभागी हुने तयारीमा जुटेकी छिन । आठ बर्ष अघि भक्तपुरबाट क्यानडा आएकी सारा (खनाल) मखुची आगामी जुलाई २३ मा हुने सो प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली महिला हुन । रागा मोडल एण्ड रागा प्रोडक्सनले बर्षेनी आयोजना गर्ने यस प्रतियोगितामा दक्षिण एसियाबाट मात्र सहभागी हुन पाईने छ । प्रतियोगितामा सहभागी हुन लागेकी नेपाली चेली साराले लामो समयदेखि क्यानडामा फेसन सो, मोडलिड, डिजाईनिडलगायत कार्यक्रमहरुमा भाग लिदै सफल हुँदै आएकी छिन । उनले क्यानडामा नै हेयर स्टायलको लाईसेन्स लिएर लामो समयदेखि आफ्नै व्यवसाय पनि चलाउँदै आएकी छिन ।
सन् २०११ बाट शुरु भएको यस प्रतियोगिताको छैटौ सस्करणमा आई पुग्दा नेपालीहरुको तर्फबाट सहभागी भएको यो पहिलो नै हो । त्यसैले पनि होला साराले भनिन म टाईटलहरु जित्ने गरी तयारी गरिरहेकी छ । एक त आफुले नेपालीहरुको तर्फबाट पहिलोपल्ट भाग लिन पाउँदा एकदम खुसी छु भने अर्कोतर्फ अन्तर्राष्टिय स्तरको कार्यक्रममा भाग लिएर कुनै पनि टाईटल जित्न पाए आफ्नो देशको नाम पनि राख्ने तयारीमा जुटेकी छिन सारा । त्यसैले उनले टेलिफोन सम्पर्कमा आफुले यस प्रतियोगितामा जित्नका लागि नेपालीहरुको उत्तिकै साथ र हौसला पनि चाहिएको ईच्छा व्यक्त गरिन ।
सो प्रतियोगिताको उत्कृष्ठ महत्वपुर्ण अवार्ड पिपुल्स च्वाईस अवार्ड भएकोले त्यसमा जित्नका लागि अनलाईन भोटिडको बढी महत्व हुने हुनाले साराले विश्वभरी छरिएर रहेका सबै नेपालीलाई आफ्नो पक्षमा अनलाईन भोटिडको लागि समेत आग्रह गरेकी छिन । अनलाईन भोटिडका लागि साराको सारा मखुची फर मिसेस साउथ एसिया २०१६ नामको फेसबुक पेजमा गएर लाईक गर्न सकिने छ । दक्षिण एसियाबाट २० जनाले सहभागीता जनाउने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा भैरहेको छ । आयोजक संस्था रागा मोडलले बर्षेनी मिस साउथ एसिया, किड कन्टेष्ट क्यानडा, मिसेस साउथ एसिया, मिस्टर साउथ एसिया र मिस ईण्डिया ग्लोवल क्यानडा जस्ता प्रतियोगिताहरु गर्दै आएको छ । विश्वभर छरिएर रहेका नेपालीहरु अनेकौ प्रतिभाशाली रहेका छन । कुनै न कुनै रुपमा विश्वका कुनाकुनामा रहेर पनि आआफ्नो प्रतिभाहरु प्रष्फुटन गरी रहेकाले विश्वभर रहेका नेपालीहरुले सारा जस्ता प्रतिभालाई साथ दिनु पर्दछ । जसले नेपालको नाम विश्वभर चिनाउन मदत गरोस । यस प्रतियोगितामा प्राय जसो मोडलिड, फेसन सो ,ब्यूटिपार्लर जस्ता व्यवसायिक विषयमा विज्ञ भएकाहरुले भागलिने गर्दछन ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...