सहयोगको लागि नेपाली बिधार्थीबाट आबेदन प्राप्त हुने क्रम बढ्दो 

नयाले संस्थागत रुपमै एनआरएनएको अभियानमा सहयोग गर्दै
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६
एनआरएनए अष्ट्रेलियाको आगुवाइमा कोरना भाइरस (Covid-19) ले असर परेका बिधार्थीहरु लाई कसरी र कुन रुपमा सहयोग गर्ने भन्ने हेतु राष्ट्रिय स्तर मै नेपाली दुताबास, बाणिज्यदुत र माहाबाणिज्यदुतका कार्यलय, अष्ट्रेलियाका सबै नेपाली समुदायका संघसंस्थाहरु, ब्यापारिक समुदायका  सदस्यहरु बिच हालै एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रमले एनआरएनएले निर्धारण गरेका मापदण्ड भित्र परेका बिधार्थीहरु बाट आबेदन लिने र उनीहरु लाई  National Crisis Forum ले तिनका अवस्था निर्क्यौल गरि सके पछि छिटो भन्दा छिटो खाध्य सामग्री सहयोग पुराउने निर्णय गरेको छ।  यसका लागि सबै स्टेटमा सम्पर्क व्यक्ति तोकिएको छ।
यसै गरि एनआरएनए अष्ट्रेलियाको यस अभियानमा सहयोग गर्नका लागि संस्थागत रुपमा नै  नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) सहयोगको हात बढाएको छ।  जसको लागि समस्यामा परेका २० जना बिधार्थीहरु लाई दुइ हप्ताका लागि खाध्य सामग्री सहयोग गर्नेछ।  एनआरएनए अष्ट्रेलिया अन्तर्गतको  National crisis forum निर्धारण गरेको अनुमानित खर्च एनआरएनए अष्ट्रेलियाको खातामा ट्रान्सफर गरिसकेको पनि नयाका अध्यक्ष प्रकाश अर्यालले बताए ।  संस्थाको कोष र समस्यामा रहेका बिधार्थीहरुको स्थिति हेरेर आबश्यक परेको खण्डमा एनआरएनए अष्ट्रेलिया संग आफुहरु सहकार्य गर्न सधै तयार रहेको पनि अर्यालले बताए।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कडेंलले  एनआरएनए अष्ट्रेलियाले बिधार्थीहरु लाई सहयोग गर्न अगाडी सरेको यो अभियानमा अष्ट्रेलियाका धेरै भन्दा धेरै व्यक्ति र संस्था र व्यक्तिहरु ले देखाउनु भएको सदासयता बाट  National Crisis Forum र मातहतका स्टेटका टास्क फोर्स सबैलाई ठुलो आत्मबल मिलेको बताए । कडेलका अनुसार धेरै बिधार्थीहरु यस समस्याबाट गुज्रेको आहिले सम्म प्राप्त आबेदनले देखाएको हुनाले पनि यसलाई अझ ब्यबस्थित गर्दै गुगुल-डक्स मार्फत आबेदन दिन अनुरोध गरिएको छ।
माथि पोस्टरमा भने जस्तै तपाइँलाई पनि कुनै समस्या छन् र एनआरएनएले निर्धारण गरेका मापदण्ड भित्र पर्नु हुन्छ भने तपाईका स्टेटका सम्पर्क व्यक्तिहरु लाई सम्पर्क गर्दै तलको लिंकबाट आबेदन दिन पनि अनुरोध गरिएको छ।