जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८ मिनेटजाँदा अमेरिकी राष्ट्रपतिको सपथ लिनु भएको छ ।
बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुन्छ ।
अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसद भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति बाइडेनले अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस् समक्ष पद तथा गोपनीयताको सपथ लिन भएको हो ।
उहाँ दोस्रो क्याथोलिक राष्ट्रपति हुनुहुन्छ ।
बुधवारदेखि नै उहाँ ह्वाइट हाउसको पेन्सिलभेनिया एभेन्यूमा बस्नु भएको छ ।
दुर्इ सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय बाइडेन सबैभन्दा धेरै उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ ।
उहाँले बुधबार नै आफ्नो कार्य वहाली पनि गर्नुभयो ।
राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो ।
अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उहाँप्रधान सेनापति पनि हुनुभएको छ ।
२३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहनुभएका बाइडेन ओबामा कार्यकालमा सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपति हुनुहुन्थ्यो ।
त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिनुभएको छ ।
उहाँलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराउनु भएको हो ।
जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुनुहुन्छ ।
विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगकाप्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो ।
तर राष्ट्रपतिबाट वहिर्गमन गर्नुभएका डोनाल्ड ट्रम्प भने उपस्थित हुनु भएन ।
तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।
यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थितमहानुभावहरुसमक्ष राष्ट्रपतिर उपराष्ट्रपतिको परिचयदिँदै मन्तव्यका साथ स्वागतगर्नुभएको थियो ।
सपथ कार्यक्रम पछि वाइडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...