जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति
वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८ मिनेटजाँदा अमेरिकी राष्ट्रपतिको सपथ लिनु भएको छ ।
बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुन्छ ।
अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसद भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति बाइडेनले अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस् समक्ष पद तथा गोपनीयताको सपथ लिन भएको हो ।
उहाँ दोस्रो क्याथोलिक राष्ट्रपति हुनुहुन्छ ।
बुधवारदेखि नै उहाँ ह्वाइट हाउसको पेन्सिलभेनिया एभेन्यूमा बस्नु भएको छ ।
दुर्इ सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय बाइडेन सबैभन्दा धेरै उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ ।
उहाँले बुधबार नै आफ्नो कार्य वहाली पनि गर्नुभयो ।
राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो ।
अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उहाँप्रधान सेनापति पनि हुनुभएको छ ।
२३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहनुभएका बाइडेन ओबामा कार्यकालमा सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपति हुनुहुन्थ्यो ।
त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिनुभएको छ ।
उहाँलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराउनु भएको हो ।
जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुनुहुन्छ ।
विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगकाप्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो ।
तर राष्ट्रपतिबाट वहिर्गमन गर्नुभएका डोनाल्ड ट्रम्प भने उपस्थित हुनु भएन ।
तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।
यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थितमहानुभावहरुसमक्ष राष्ट्रपतिर उपराष्ट्रपतिको परिचयदिँदै मन्तव्यका साथ स्वागतगर्नुभएको थियो ।
सपथ कार्यक्रम पछि वाइडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...