आर्थिक सर्वेक्षण सार्वजनिक
काठमाडौं- सरकारले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलले बिहिबार सर्वेक्षण पेश गर्दै सार्वजनिक गरेका हन् । चालु आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशमा सीमित रहने भएको छ । देशको आर्थिक वृद्धिदर १३ वर्ष यताकै कम रहने प्रक्षेपण गरेको हो ।
भूकम्प, कृषि उत्पादनमा कमी, नाकाबन्दी जस्ता कारणले आर्थिक क्षेत्रमा संकुचित आएको सरकारको भनाई छ । गएको वर्ष वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशत भएको छ । चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आएको छ भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष ४ खर्ब ७५ अर्ब एक करोड राजस्व संकलन हुने अनुमान गरिएकामा बितेका आठ महिनामा २ खर्ब ३१ अर्ब सात करोड मात्र संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक अनुदान खर्च अन्यन्त न्यून देखिएको छ । एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा जम्मा ११ अर्ब ५७ करोडमात्र खर्च गर्न सकिएको छ । गत वर्ष १४ अर्ब ३० करोड वैदेशिक अनुदान खर्च भएको थियो ।
चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने यही अवधिमा १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ । यस्तै, बितेका आठ महिनामा बस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ३५ अर्ब ८० करोड पुगेको छ । व्यापार घाटा गएको वर्ष भन्दा १२ दशमलव ५ प्रतिशतले घटेको छ । त्यस्तै गएको आठ महिनामा समग्र शोधनान्तर स्थिति एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ । त्यस्तै विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ ।
अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो । यो आर्थिक वर्षमा ६ हजार ३२८ वटा उद्योग दर्ता भएर त्यसमा १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १ सय ५९ ले रोजगारी पाएको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यो अवधिमा एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । जसबाट दुई लाख ११ अजार ८ सय ४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...