अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी र डोनाल्ड अन्तिम छनौटमा

न्यूयोर्क, आगामी नोभेम्बर ८ मा हुन गैरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टन र रिपव्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिष्प्रर्धा हुने भएको छ । राज्य तहमा भैरहकेको प्रतिस्पर्धाले आज हिलारीलाई आवश्यक २३ सय ८३ डेलिकेटस मत प्राप्त भएको हो । हिलारीको जितसंगै राष्ट्रपतिको चुनावी प्रतिष्पर्धामा रहेका अर्का प्रत्यासि बर्नाई स्यान्डर चुनावी दौडबाट पछि परेका छन । बर्नाई सेन्डरले १५ सय ६९ मा चित्त बुझाउनु परेको छ । सुपर डेलिगेटमा भने स्यान्डर्स माथि क्लिन्टनको फराकिलो अग्रता रहेको छ । शुरुवात देखि नै सेन्डर पराकिलो मत अन्तरमा रहेका थिए ।
डोनाल्डले रिपव्लिकनहरुमध्येबाट यस अघि नै उनका लागि आवश्यक पर्ने १२ सय ३९ डेलिकेटसमत पाई सकेका छन । उनिसंग प्रतिस्पर्धामा रहेका टेड क्रुजले ५ सय ५९ मा नै सिमित भएका थिए । करिब एघार महिनाअघि राष्ट्रपतीय प्रारम्भिक प्रतिस्पर्धामा होमिएका रियल स्टेट व्यवसायीको रुपमा परिचित ट्रम्पले सुरुदेखि नै अप्रत्यासित रुपमा लोकप्रियता हासिल गरेका थिए । बिशेषत संस्थापन राजनीतिबाट क्रुद्व बनेका मतदाताहरुले उनलाई भारी रुपमा सर्मथन गर्दै आएका छन् ।
निकै बलियो एवम प्रभावी चुनावी अभियानको नेतृत्व गरेका ट्रम्प, अमेरिकी इतिहासमै झण्डै पाँच दशकपछि आगामी नोभेम्बरमा संस्थापन पक्षबाट नरुचाईएका उम्मेदवारको रुपमा डेमोक्रयाट् प्रतिस्पर्धा विरुद्व प्रतिस्पर्धा गर्नेछन् । यसअघि सन् १९६४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टी उम्मेदवार बारी गोल्डवाटर पनि पार्टी संस्थापन पक्षले नरुचाईएका उम्मेदवार थिए ।
राष्ट्रपतिय निर्वाचनको क्यालेण्डर अनुसार नोभेम्बर ८ को निर्वाचनका लागि क्लिन्टनर ट्रम्पबीच प्रतिक्ष्पर्धा हुनेछ । सो निर्वाचनमा निर्वाचित राष्ट्रपतिले २०१७ को जनवरी २० मा पदभार ग्रहण गर्ने पुर्व निर्धारित कार्यक्रम रहेको छ । अब हुने अमेरिकी राष्टपतिको निर्वाचनले विश्वका ध्यान केन्द्रित गरिरहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...