अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी र डोनाल्ड अन्तिम छनौटमा
न्यूयोर्क, आगामी नोभेम्बर ८ मा हुन गैरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टन र रिपव्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिष्प्रर्धा हुने भएको छ । राज्य तहमा भैरहकेको प्रतिस्पर्धाले आज हिलारीलाई आवश्यक २३ सय ८३ डेलिकेटस मत प्राप्त भएको हो । हिलारीको जितसंगै राष्ट्रपतिको चुनावी प्रतिष्पर्धामा रहेका अर्का प्रत्यासि बर्नाई स्यान्डर चुनावी दौडबाट पछि परेका छन । बर्नाई सेन्डरले १५ सय ६९ मा चित्त बुझाउनु परेको छ । सुपर डेलिगेटमा भने स्यान्डर्स माथि क्लिन्टनको फराकिलो अग्रता रहेको छ । शुरुवात देखि नै सेन्डर पराकिलो मत अन्तरमा रहेका थिए ।
डोनाल्डले रिपव्लिकनहरुमध्येबाट यस अघि नै उनका लागि आवश्यक पर्ने १२ सय ३९ डेलिकेटसमत पाई सकेका छन । उनिसंग प्रतिस्पर्धामा रहेका टेड क्रुजले ५ सय ५९ मा नै सिमित भएका थिए । करिब एघार महिनाअघि राष्ट्रपतीय प्रारम्भिक प्रतिस्पर्धामा होमिएका रियल स्टेट व्यवसायीको रुपमा परिचित ट्रम्पले सुरुदेखि नै अप्रत्यासित रुपमा लोकप्रियता हासिल गरेका थिए । बिशेषत संस्थापन राजनीतिबाट क्रुद्व बनेका मतदाताहरुले उनलाई भारी रुपमा सर्मथन गर्दै आएका छन् ।
निकै बलियो एवम प्रभावी चुनावी अभियानको नेतृत्व गरेका ट्रम्प, अमेरिकी इतिहासमै झण्डै पाँच दशकपछि आगामी नोभेम्बरमा संस्थापन पक्षबाट नरुचाईएका उम्मेदवारको रुपमा डेमोक्रयाट् प्रतिस्पर्धा विरुद्व प्रतिस्पर्धा गर्नेछन् । यसअघि सन् १९६४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टी उम्मेदवार बारी गोल्डवाटर पनि पार्टी संस्थापन पक्षले नरुचाईएका उम्मेदवार थिए ।
राष्ट्रपतिय निर्वाचनको क्यालेण्डर अनुसार नोभेम्बर ८ को निर्वाचनका लागि क्लिन्टनर ट्रम्पबीच प्रतिक्ष्पर्धा हुनेछ । सो निर्वाचनमा निर्वाचित राष्ट्रपतिले २०१७ को जनवरी २० मा पदभार ग्रहण गर्ने पुर्व निर्धारित कार्यक्रम रहेको छ । अब हुने अमेरिकी राष्टपतिको निर्वाचनले विश्वका ध्यान केन्द्रित गरिरहेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...